एन्फा अध्यक्षको पद त जोगियो, काम गर्न सक्लान ?

एन्फा अध्यक्षको पद त जोगियो, काम गर्न सक्लान ?
सुन्नुहोस्

हेटौंडा : अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभामा अध्यक्ष पंकज विक्रम नेम्बाङ विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ। हेटौंडामा बिहीबार सम्पन्न विशेष साधारणसभामा अध्यक्ष नेम्बाङविरुद्ध भएको मतदानमा नेम्बाङले ५२ मत प्राप्त गरेसँगै उनीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव फेल भएको हो। 

गत भदौ २५ गते एन्फाका ४९ सदस्यले वर्तमान अध्यक्ष नेम्बाङ र महासचिव किरण राईको बर्खास्तीको माग गर्दै अविश्वास राखेका थिए। सोही अविश्वास प्रस्तावको छिनोफानो गर्न हेटौंडामा भएको विशेष साधारणसभामा कुल ८७ जना मतदातामध्ये प्रस्तावको पक्षमा शून्य मत र विपक्षतर्फ अर्थात् अध्यक्ष नहटाउने पक्षमा ५२ मत अध्यक्ष नेम्बाङले पाएका हुन्। मतदान प्रक्रियामा एक मत भने बदर भएको छ। मतदान प्रक्रियामा ५३ जनामात्र सहभागी भए पनि प्रस्तावक पक्षबाट ३४ जनाले मतदान बहिष्कार गरेका थिए।

एन्फाको विधानअनुसार अध्यक्ष वा कुनै पदाधिकारी बर्खास्तीका लागि दुईतिहाइ मत आवश्यकत पर्छ। तर, अविश्वासको प्रस्ताव दर्ता गराएको पक्षले नै मतदान प्रकिया सामेल नभएपछि नेम्बाङविरुद्ध शून्य मत खस्दा पुग्न अध्यक्षमा नेम्बाङ नै कायम भएका छन्। गत एन्फा निर्वाचनमा कर्मा छिरिङ शेर्पालाई हराउँदै एन्फा अध्यक्षमा निर्वाचित नेम्बाङमाथि उनै शेर्पाले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। पूर्वअध्यक्षसमेत रहेका शेर्पा पक्षधरले विशेष साधारणसभालाई अवैधानिक भन्दै बहिस्कार गरेको थियो। 

भदौ २५ मा एन्फाका ४९ सदस्यले साथ दिएको शेर्पा पक्षधरलाई साधरणसम्म आउँदा भने १५ जनाले साथ छाडेको थियो। ‘उनीहरूले साथ छाडेका होइन्न बास्तवमै फुटबलको विकासमा लाग्नेहरू कतिले साथ दिन्छन् भन्ने कुरा क्लियर मात्र भएको हो’, शेर्पाले भने, ‘यो अवैधानिक साधारणसभा हुन गयो। साथीहरूलाई प्रभावित पारेर साधारणसभा गरियो। उनीहरूलाई प्रस्ताव गर्न लाउँदा जबरजस्ती गर्न लगाइएको नभए तापनि अन्तिम समयमा आएर साथ छाडेर गए।’ अध्यक्ष नेम्बाङविरुद्ध गर्नुपर्ने मतदान उनकको पक्षमा हाल्नुपर्ने स्थिति आउनु भनेको अझै नेपाली फुटबल क्षेत्रभित्र अरू पनि खराब तत्वहरू रहेको पुप्टि भएको शेर्पाले बताए।

एन्फा अध्यक्ष नेम्वाङले भने आफूविरुद्ध असहमति जनाएकाहरूको मागबमोजिम नै विधि विधानमा रहेर लोकतन्त्रिक प्रक्रियाअनुसार विशेष साधारणसभा गरेर त्यसको छिनोफानो गरिएका बताए। अब सबै मिलाएर अघि बढ्नुपर्ने उनको भनाइ छ। एक वर्ष नपुग्दै अविश्वासको प्रस्ताव आउनुले आफू आश्चर्य रहेको भन्दै उनले राम्रो काम गर्दा गर्दे पनि पूर्वाग्राही ढंगले अविश्वासको प्रस्ताव ल्याइएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.