नेपाल संवत ११४४ को अवसरमा भिन्तुना र्याली (फोटो फिचर)
काठमाडौं : नेवार समूदायले नयॅा वर्ष (नेपाल संवत ११४४)लाई भिन्तुना र्यालीसहित स्वागत गरेका छन् । आज नेवार समुदायका मानिसले नेपाल संवत ११४४(नयाँ वर्ष)देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदै छन्।
भिन्तुना र्याली शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा सूरू गरेका हुन् । नेपाल संवतको सुरु वा नयॅा वर्षलाई काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष कार्यक्रम गरी मनाउने गरिन्छ।
काठमाडौंमा मंगलबार भएको भिन्तुना र्यालीमा संस्कृति झल्कने पोशाक लगाइ, बाँसुरी, धिमे बाजा र अन्य बाजागाजासहित नेवार समूदायका मानिस सहभागी भएका हुन् ।