बुटवल झर्नेको लर्को
बुटवल : बुटवल पहाडका नागरिकहरुले भरिएको शहर हो । हरेक चाडपर्वमा यहाँका ९० प्रतिशतभन्दा बढी नागरिकहरु दशैँ, तिहार मनाउन गाउँ पुग्छन् ।
चाडपर्वले सुनसान बनेको बुटवल शहर पर्व मनाएर पहाडबाट फर्केका नागरिकहरुले गर्दा ह्वात्तै चहलपहल सुरु भएको छ । एकतर्फी मात्र सवारी चलाउने सार्वजनिक जिप, बसहरुले दिनमा दुई दोहोरो यात्रु बोक्ने गरेका छन् । चाडपर्वको बेला गाउँ पुग्ने जिप, बसहरुलाई दशैँ तिहार भरी भ्यानभ्याई भएको छ । दशैँ तिहार जस्तो छडपर्वले बुटवललाई त्यति छुँदैन ।
पढाई, रोजगारी, व्यवसाय र स्वास्थ्य उपचारका लागि गाउँबाट बुटवल झर्नेहरुको संख्या उल्लेखनिय छ । लुम्बिनी प्रदेशमा रहेका पहाडी जिल्लाहरुको व्यवसाय गर्ने प्रमुख थलो नै बुटवल हो । ‘बाउ, बाजेले नुन बोक्ने ठाउँ’ को रुपमा समेत बुटवल परिचित छ ।