लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार अन्योलमा

बुटवल : बागी उम्मेदवार भई चुनाव जितेका रोल्पाका दीपेन्द्र पुनलार्ई मन्त्री बनाउने र बन्न नदिने अडानले लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार रोकिएको छ।
बागी उम्मेदवार बनेपछि पुनलार्ई माओवादीले पार्टीको सदस्यबाट नै हटाएको थियो। चुनाव जितेपछि उनी मन्त्री बन्ने सर्तमा माओवादीमै फर्किएका थिए। गत वैशाखमा गठबन्धनबाट कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार गठन भएको थियो। साना दलसहित ७ सदस्यीय मन्त्रिपरिषद् गठन भए पनि पूर्णता पाउन सकेको छैन।
१० मन्त्रालयमध्ये अहिले तीन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री आफैंले राखेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित एक मन्त्रालय लिएको छ। अर्काे साझेदार दल माओवादीसहित नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीबाट एक÷एक जना मन्त्री छन्।
मन्त्रालय बाँडफाँटमा माओवादीले अझै दुई मन्त्रालय पाउनेछ। ती मन्त्रालयमा बाँकेकी कृष्णा केसी र रोल्पाका दीपेन्द्र पुनलार्ई पठाउने निर्णय माओवादीको छ। उनीलार्ई मन्त्री बन्न नदिन अमरसिंहले अडान लिएका हुन्।
प्रतिक्रिया दिनुहोस !
