नेपाल-चीन सम्बन्ध विस्तार गर्न पोखरामा अन्तरदेशीय प्रतियोगिता हुँदै

नेपाल-चीन सम्बन्ध विस्तार गर्न पोखरामा अन्तरदेशीय प्रतियोगिता हुँदै
सुन्नुहोस्

काठमाडौं : मङ्सिर ९ गते पोखरामा आयोजना हुने माउन्टेन अन्तरदेशीय प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

नेपाल-चीन सम्बन्ध विस्तार तथा नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजना हुन लागेको प्रतियोगिताको तयारी तीव्र पारिएको नेपाल पर्यटन बोर्डले जनाएको हो। 
प्रतियोगितामा भाग लिन चिनियाँ खेलाडी विमान चार्टर्ड गरी नेपाल आउने बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीइओ) धनञ्जय रेग्मीले जानकारी दिए। प्रतियोगिताका सन्दर्भमा पर्यटन बोर्ड र नेपालका लागि चिनियाँ राजदूतावासले मंगलबार संयुक्तरूपमा काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा भाग लिन चिनियाँ धावक, अफिसियल र अन्य पाहुना गरी एक सय चार जनाको टोली मङ्सिर ७ गते पोखरा विमानस्थलमा अवतरण गर्ने जानकारी दिएको छ। 

प्रतियोगितामा नेपाल र चीनका १०-१० टोली सहभागी हुने र प्रत्येक टोलीमा तीन जना रहने रेग्मीले जानकारी दिए। प्रतियोगितामा सबै नागरिकले भाग लिनसक्ने उनले बताए। उनले विश्वमा नै पर्यटन वृद्धि गर्न खेल पर्यटनको महत्वपूर्ण भूमिका रहेकाले नेपालमा पनि खेल पर्यटन बोर्डले महत्वका साथ हेरेको जिकिर गरे।

प्रतियोगितामा धावकहरूले दौड, साइकिलिङ र फेवातालमा बोटिङ गरी ४० किलोमिटर पार गर्नुपर्ने बोर्डले जनाएको छ। नेपाली र चिनियाँ धावकबीच हुने प्रतियोगिताका प्रथम हुने टोलीले तीन लाख ३० हजार, दोस्रो हुनेले दुई लाख ८८ हजार, तेस्रो हुनेले दुई लाख १६ हजार, चौथो हुनेले एक लाख ४४ हजार र पाँचौ हुनेले ९० हजार पुरस्कार पाउनेछन्। त्यस्तै व्यक्ति स्पर्धातर्फ प्रथम हुनेले एक लाख ४४ हजार, दोस्रो हुनेले एक लाख आठ हजार, तेस्रो हुनेले रु ५४ हजार नगद प्राप्त गर्ने बोर्डले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.