सेयर बजारमा भारी गिरावट

सेयर बजारमा भारी गिरावट
सुन्नुहोस्

काठमाडौं : सेयर बजारमा भारी गिरावट आएको छ। तिहार बिदा अर्थात् ११ दिनपछि खुलेको सेयर बजार दोस्रो दिन २३ अंकले घटेको हो। सोमबार नेप्से परिसूचक १.३९ अंकले बढेकामा मंगलबार २३.८२ अंकले बढेर १८२९.६५ अंकमा कायम भएको हो।

नेप्से १.२८ प्रतिशतले घट्दा सेन्सिटिभ इन्डेक्समा भने ४.४८ अंकको गिरावट आएर ३५२.०५ अंकमा कायम भएको छ। नेप्से घटेको दिन कारोबार रकम पनि घटेको छ। सोमबार १ अर्ब ९ करोड रुपैयाँको कारोबार भएकामा मंगलबार ९५ अर्बमा सीमित भएको छ।

मंगलबार कारोबारमा आएका २ सय १ कम्पनीको सेयर मूल्य घट्दा नेप्सेमा भारी गिरावट आयो। यसदिन ३१ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीको सेयर मूल्य भने यथावत रहे। कारोबार सुरु भएदेखि नै ओरालो बजार अन्तिममा सामान्य सुध्रिने प्रयास गरे पनि दिनभरको गिरावट भारी पर्‍यो।

दिनभर ३७ हजार ६ सय ७ कारोबारमार्फत् २ सय ८५ स्क्रिप्टका ३६ लाख ७५ हजार १ सय १ इकाइ सेयर ९५ करोड ४ लाख ७९ हजार ५ सय ८३ रुपैयाँमा किनबेच भएका छन्। जसमध्ये सबैभन्दा बढी हिमालयन डिस्टिलरीको ७ करोड ७८ लाखको सेयर किनबेच भएको छ। सोनापुर मिनिरल्स एन्ड आयलको ४ करोडको सेयर कारोबार हुँदा कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल्स र हाथवे इन्भेस्टमेन्ट शीर्ष ५ मा रहे।

मूल्य बढ्नेमा मेन्छियाङ हाइड्रो र बीपीडब्लू लघुवित्त अगाडि रहे। मेन्छियामको सेयरधनीले सर्वाधिक ८.१३ प्रतिशत कमाए। एनएमबि सुलभ इन्भेसटमेन्ट फन्ड २, प्रभु डिबेन्चर २०८४ र एनाईसी एसिया फ्लेक्सी क्याप फन्ड पनि बढी मूल्य बढ्ने स्क्रिप्टको सूचीमा शीर्ष ५ मा अटाए। 

यता माथिल्लो मैलुङ खोला जलविद्युत्को सेयर मूल्यमा मंगलबार पनि करिब १० प्रतिशतको गिरावट आयो। यसैगरी महिला लघुवित्त, उपकार लघुवित्त, नेस्डो समृद्ध लघुवित्त र हिमालयन डिस्टिलरीका सेयरधनी पनि बढी गुमाउनेको सूचीमा परे।

समूहगत उपसूचकतर्फ भने म्युचुअल फन्ड बाहेक सबै उपसूचक रातो रहे। सबैभन्दा बढी उत्पादनमुलक समूहमा ३.१२ प्रतिशतको गिरावट आयो। 

नेप्से बढेको दिन बजार पुँजीकरण २८ खर्ब २१ अर्ब १० करोड रुपैयाँ कायम भएको छ। लगानीकर्ताको कुल सम्पत्ति यसदिन ३६ अर्ब रुपैयाँले घटेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.