सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

काठमाडौं : सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस भएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद बैठकले उनीहरूलाई न्यायाधीशका लागि सिफारिस गरेको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार बालकृष्ण ढकाल, सुनिल पोखरेल, सारंगा सुवेदी, टेकप्रसाद ढुंगाना, महेश शर्मा पौड्याल र अब्दुल अजिज मुसलमानलाई न्यायाधीशमा सिफारिस गरेको हो।
पोखरेल र ढकाल कानुनी व्यवसायी हुन् भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुन्। सिफारिस भएसँगै उनीहरूको संसदीय सुनुवाई हुने भएको छ। संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति हुन्छ।
प्रतिक्रिया दिनुहोस !
