ललितपुरका यी स्थानमा ६ महिनाका लागि निषेधज्ञा जारी

काठमाडौं : सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय ललितपुरले मन्त्री निवास आसपास निषेधज्ञा जारी गरेको छ। ललितपुरका सिडिओ रुद्रप्रसाद पण्डितले मन्त्री निवास आसपासका क्षेत्रमा ६ महिनाका लागि निषेधज्ञा जारी गरेको जानकारी दिए।
उनका अनुसार पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखी पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र युएन हाउस र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग एवं राष्ट्रिय सहकारी विकास बोर्डको चार किल्लाभित्र भित्र निषेधज्ञा जारी गरिएको हो।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३.क) बमोजिम मंगलबारदेखि आगामी ६ महिनासम्मका लागि पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई नारा, जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको सिडिओद्वारा जारी आदेशमा भनिएको छ।
प्रतिक्रिया दिनुहोस !
