उच्च अदालतका मुख्य न्यायाधीशमा ६ जना सिफारिस

काठमाडौं : उच्च अदालतका मुख्य न्यायाधीशको नियुक्तिका लागि ६ जना सिफारिस भएका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको न्यायपरिषद बैठकले उनीहरूलाई विभिन्न उच्च अदालतका लागि सिफारिस गरेको हो।
बैठकले लोहितचन्द्र शाहलाई उच्च अदालत सुर्खेत, माधवप्रसाद पोखरेललाई उच्च अदालत पोखरा, रमेशप्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगर, श्रीकान्त पौडेललाई उच्च अदालत जनकपुर, नित्यानन्द पाण्डेलाई उच्च अदालत तुलसीपुर र शान्ति सिंह थापालाई उच्च अदालत दिपायलको मुख्य न्यायाधीशका लागि सिफारिस गरिएको हो।
शाह उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायधीश हुन् भने पोखरेल उच्च अदालत सुर्खेतका न्यायधीश हुन्। त्यस्तै राजभण्डारी उच्च अदालत विराटनगरका न्यायाधीश हुन् भने पौडेल उच्च अदालत सुर्खेतअन्तर्गत विशेष अदालतका अध्यक्ष हुन्। त्यस्तै पाण्डे उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश र थापा उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीश हुन्।
सिफारिस भएसँगै उनीहरूको संसदीय सुनुवाई हुने भएको छ। संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति हुन्छ।
प्रतिक्रिया दिनुहोस !
