मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा (सूचीसहित)

काठमाडौं : न्याय परिषद्को बैठकले  मुख्य न्यायाधीशसहित उच्च अदालतका १४ जना न्यायाधीशहरूको सरुवा गरेको छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा मंगलबार बसेको बैठकले उच्च अदालत दिपायलका मुख्य न्यायाधीश नृपध्वज निरौलालाई उच्च अदालत पाटन, उच्च अदालत विराटनगरका न्यायाधीश सत्यमोहन जोशी थारुलाई उच्च अदालत पोखराको बागलुङ इजलास, उच्च अदालत तुलसीपुरका न्यायाधीश रत्नबहादुर बागचन्दलाई उच्च अदालत विराटनगरको धनकुटा इजलास, उच्च अदालत पोखरा बागलुङ इजलासका न्यायाधीश कृष्ण गिरीलाई उच्च अदालत दिपायल र उच्च अदालत पाटको हेटौंडा इजलासका न्यायाधीश राजेश्वर तिवारीलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा सरुवा गरिएको हो।

त्यस्तै उच्च अदालत विराटनगरका न्यायाधीश दिनेश प्रसाद यादवलाई उच्च अदालत दिपायलको महेन्द्रनगर इजलास, सोही इजलासका न्यायाधीश कृष्णलाल भट्टराईलाई उच्च अदालत सुर्खेत, सुर्खेतका न्यायाधीश यमुना भट्टराईलाई उच्च अदालत पाटनको हेटौंडा इजलास, उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश शालिकराम कोइरालालाई उच्च अदालत पाटन र पाटनका न्यायाधीश राजेन्द्र खरेललाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा सरुवा गरिएको छ।

त्यस्तै उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश सुर्दशनदेव भट्टलाई उच्च अदालत पाटन, पाटनका गोकर्ण डाँगीलाई उच्च अदालत दिपायल, उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश किरण पौडेललाई उच्च अदालत विराटनगरको इलाम इजलास र उच्च अदालत जनपुरका न्यायाधीश डालकुमार खड्कालाई उच्च अदालत दिपायल सरुवा गरिएको न्याय परिषद् सचिवालयले जानकारी दिएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.