राष्ट्रपति निवास र बालुवाटार क्षेत्रमा पनि निषेधज्ञा जारी

राष्ट्रपति निवास र बालुवाटार क्षेत्रमा पनि निषेधज्ञा जारी
राष्ट्रपति कार्यालय। फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले राष्ट्रपति निवास महाराजगन्ज र प्रधानमन्त्री निवास बालुवाटार आसपास क्षेत्रमा पनि निषेधज्ञा जारी गरेको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको बैठकले थप दुई क्षेत्रमा निषेधज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।

मंगलबार विज्ञप्त जारी गर्दै प्रशासनले राष्ट्रपति निवासको पूर्वतर्फ पवित्र वर्कशप, पश्चिमतर्फ सामाखुसी निस्कने नाला, उत्तरतर्फ राष्ट्रिय प्रहरी प्रतिष्ठानको दक्षिणी पूर्वी गेट र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधज्ञा जारी भएको जानकारी दिएको छ।

त्यस्तै प्रधानमन्त्री निवासका लागि पवित्र वर्कशप चोकदेखि बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण सय मिटरसम्म निषेधज्ञा जारी गरेको प्रशासनले जनाएको छ।

यसअघि प्रशासनले बानेश्वरदेखि माइतीघर मण्डलासम्म निषेधज्ञा जारी गरेको थियो। मंसिर ७ गते एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहको छुट्टाछुट्टै विरोध प्रदर्शन कार्यक्रम सार्वजनिक भएपछि प्रशासनले निषेधज्ञा जारी गरेको हो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि पुल्चोकस्थित मन्त्री क्वाटर र युएन कार्यालय आसपास निषेधज्ञा जारी गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.