स्याङ्जामा १ लाख ७० हजार किलो आलु रोपियो
स्याङ्जा : स्याङ्जामा १ लाख ७० हजार किलो आलु रोपिएको छ। कृषि ज्ञान केन्द्रको ‘समुदाय स्तरमा प्रशोधन योग्य आलु प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत आठवटा स्थानीय तहमा १७ सय रोपनीमा आलु रोपिएको हो।
जिल्लाका ३५ वटा समूह/सहकारीमार्फत १ सय ७० मेट्रिक टन आलु लगाइएको कृषि ज्ञान केन्द्रका वरिष्ठ कृषि अधिकृत विनोद हमालले जानकारी दिए।
व्यावसायिक आलु खेतीमार्फत किसानलाई औद्योगीकरण गर्ने उद्देश्यसहित आलुबाट चिप्स, फ्रेन्च फ्राई लगायतका आलुका परिकार बनाई आर्थिकोपार्जन गर्नु हो।
पुतलीबजार, भीरकोट, वालिङ्, गल्याङ्, चापाकोट नगरपालिका र फेदिखोला, अर्जुनचौपारी, बिरुवा गाउँपालिकामा न्यूनतम ३० रोपनीदेखि ५ सय ५४ रोपनीसम्ममा आलु खेती गरेका छन्।