निर्माणाधीन सडकको डिजाइन बदल्न माग

निर्माणाधीन सडकको डिजाइन बदल्न माग
सुन्नुहोस्

बुटवल : बुटवल उपमहानगरपालिकाले राजमार्ग चौराहदेखि गोलपार्कसम्मको सडक क्षेत्रको सर्भिस लेनलाई पुनः डिजाइन गरेर निर्माण गर्न माग गरेको छ। 

आइतबार उपमहानगरपालिकाले सरोकारवालाहरूसँग छलफल गरी डिजाइन बदल्न सडक विभागसँग माग राखेको हो। 

१५ वर्षअघि बनाइएको डिजाइनले बजारीकरणमा चहलपहल नल्याएको भन्दै डिजाइन फेर्न आग्रह गरिएको नगरप्रमुख खेलराज पाण्डेयले जानकारी दिए। उनका अनुसार नयाँ बन्ने डिजाइनमा साना ठूला सवारी पार्किङ, सानातिना व्यवसाय सञ्चालन गर्ने छुट्टै ठाउँ, हरियाली, व्यवस्थित खानेपानी र विद्युतीकरण जस्ता क्षेत्रलाई उच्च प्राथमिकता राख्नुपर्ने छ। 

नयाँ बनेका सडकहरूले सवारी पार्किङ, सर्वसाधरणलाई विश्राम गर्ने चौपारी, पानीका धारा, सार्वजनिक शौचालय जस्ता विषयमा ख्याल नगरिदा व्यवसायीहरूलाई समस्या पर्ने गरेको नगरप्रमुख पाण्डेयको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.