भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालयको भवन उद्घाटन

भारतद्वारा रुपन्देहीमा निर्मित विद्यालयको भवन उद्घाटन
सुन्नुहोस्

काठमाडौं : उपराष्ट्रपति रामसहाय यादवले भारतको सहयोगमा रुपन्देहीको रोहिणी गाउँपालिका–२, भटपुरवामा बनेको पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरेका छन्। नेपाल–भारत विकास सहकार्य अन्तर्गत निर्मित भवनको उद्घाटन भएको हो।

‘नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको १ अर्ब २५ करोड लागतमा निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ।

null

भारतीय राजदूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल–भारत विकास सहकार्य अन्तर्गतको भारत सरकारको अनुदान दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको थियो। भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजना नामले परिचित यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो। जिल्ला समन्वय समिति, रुपन्देहीमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको हो।’ 

कार्यक्रममा बोल्दै उपराष्ट्रपति यादवले नेपालका शैक्षिक तथा अन्य विविध क्षेत्रमा पूर्वाधार विकासका लागि भारत सरकारले गरेको सहयोगको प्रशंसा गरे। उनले दुई देशबीचको विकास साझेदारीले दुई देशका जनताबीचको मित्रताको सम्बन्धलाई अझ मजबुत बनाउन ठूलो योगदान गरेको धारणा राखे।

यसैगरी भारतीय राजदूतावास, काठमाडौंका कार्यवाहक राजदूत प्रसन्न श्रीवास्तवले परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एक महत्वपूर्ण हिस्सा भएको बताए। उनले भने, ‘यी परियोजनाले हालैका वर्षमा उल्लेख्य प्रगति हासिल गरेको र नेपाल सरकार र नेपाली जनताका प्राथमिकतामा रहेका विभिन्न क्षेत्रहरुलाई समेत समेटेको छ। दुवै देशका जनताको हितका लागि नेपाल सरकारको प्राथमिकता अनुरुप विकास साझेदारीलाई सुदृढ गर्न भारत सरकार निरन्तर लागिपर्छ।’

 सन् १९५९ मा स्थापना भएको विद्यालयमा ६०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्। सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्। यी मध्ये ६० वटा परियोजना लुम्बिनी प्रदेशमा रहेका छन् जसमा १२ वटा परियोजना रुपन्देहीमा छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.