संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउन सभामुखको निर्देशन

संसदीय समितिलाई प्रभावकारी र परिणाममुखी बनाउन सभामुखको निर्देशन
सुन्नुहोस्

काठमाडौं : सभामुख देवराज घिमिरेले संसदीय समितिका गतिविधि एवं क्रियाकलापलाई प्रभावकारी र परिणाममुखी तुल्याउन निर्देशन दिएका छन्।

संघीय संसद् प्रतिनिधिसभा मातहतका १० विषयगत समितिका सभापतिसँगको बैठकमा उनले समिति बैठकमा देखिएको कोरमसम्बन्धी चुनौती र प्राप्त विधेयकको जिम्मेवारीलाई समयमै सम्बोधन गर्न सुझाव दिए।

'विधेयकको कामलाई प्राथमिकता दिनुस्, निर्देशन किन कार्यान्वयन भएन समीक्षा गर्नुस्, समितिको कार्यक्षेत्रमा देखिएको दोहोरोपन अन्त्य गर्नुस्,' उनले भने। समितिमा रहेका एक दर्जन विधेयकलाई संसद्को आगामी अधिवेशनमा सुरु हुनासाथ पेस गर्न सकिने गरी तयारी गर्नसमेत उनले निर्देशन दिए।

'आफ्नो कार्यक्षेत्र के हुन सक्छ पहिल्याउँ, देखिएका समस्या समाधान गर्न आपसमा समन्वय होस्, अन्योल र अप्ठ्यारो परेमा सभामुखसँग परामर्श गरौं, विधेयकको कामसक्ने गरी कार्यतालिका र योजना बनाऔं,' उनले भने। उनले लिइएका नीतिगत निर्णय वा स्थलगत प्रतिवेदनले देखाएका विषयलाई मन्त्रालय र सम्बन्धित ठाउँमा किन भएन भन्नेमा पनि त्यतिकै ध्यान पुर्‍याउन सुझाव दिए।

निर्देशनप्रतिको गम्भीरताको अभावलाई पूर्णता दिन मुख्य, प्रमुख र सचेतकमार्फत सम्बन्धित दलको ध्यान जान जरुरी रहेको बताउँदै सभामुख घिमिरेले समितिका निर्देशन र प्रतिवेदन कार्यान्वयनका लागि आफ्नो पूर्णसाथ सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। यसअघि बैठकमा सभामुख घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकमार्फत् संसदीय समितिका बैठक यथाशीघ्र आह्वान गर्न र कोरम पुर्‍याएर अघि बढ्न निर्देशन दिएको राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बताए।

प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित, कानुन न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.