महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापतिमाथि आक्रमण गर्ने तीनजना पक्राउ
धरान : महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राईमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार क्याम्पसबाट घर फर्कने क्रममा राईमाथि आक्रमण भएको हो ।
क्याम्पसमा नि:शुल्क छात्रवृत्तिको विषयलाई लिएर एमालेनिकट अनेरास्ववियुका उमेश परिवार, नयन राई र राजेश राईको समूहले आक्रमण गरेको सभापति राईले बताए। उनले तीन जनाको समूहले खुकुरी लिएर आफूलाई मार्ने उद्देश्यले आक्रमण गरेको उनको आरोप छ। साथीहरूले आक्रमणकारीहरुलाई समातेकाले आफू बचेको उनले बताए । राईले आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेका छन्।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी नवराज मल्लले आक्रमण गर्ने तीनै जनालाई पक्राउ गरिएको बताए।