स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते

स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते
सुन्नुहोस्

गुलरिया : बर्दियामा स्कार्पियो दुर्घटना हुँदा बेहुला बेहुलीसहित ८ जना घाइते भएका छन्। दुर्घटनामा परी २७ वर्षीय दुलाहा खुशीराम चौधरी र दुलही संगीता थापा मगर घाइते भएका छन्। 

दुर्घटनामा ५० वर्षीया लक्ष्मी चौधरी, ३१ वर्षीया अम्बिका थारु, ५५ वर्षीय गंगाराम चौधरी, ५० वर्षीया अग्नीदेवी चौधरी, ३३ वर्षीय सुरेश भुल र ३२ वर्षीया सीता चौधरी घाइते भएका हुन्।  

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको रम्भापुर नजिकै दुलही लिएर पश्चिमतर्फ गइरहेको बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो।

स्कार्पियो दुर्घटना हुँदा त्यसमा सवार ८ जना घाइते भएका छन्। बा १८ च ३०१५ नम्बरको स्कार्पियो बाख्रा बचाउने क्रममा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालका अनुसार चालक फरार  छन्।

घाइतेहरूको अवस्था मध्यम छ। ७ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सिन्धुलीबाट दुलही लिएर कञ्चनपुर गइरहेको गाडी बर्दियामा दुर्घटना भएको हो। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.