इन्डोनेसिया भ्रमणमा स्टिकर भिसा अनिवार्य
काठमाडौं : नेपाल हेर्ने इन्डोनेसियाको ढाकास्थित दूतावासले नेपालबाट इन्डोनेसिया प्रवेश गर्दा स्टिकर भिसा अनिवार्य गरेको छ। इन्डोनेसिया तथा नेपालका विभिन्न एजेन्सीमार्फत ई–भिसा प्रोसेस गर्दा चुनौती देखिएको भन्दै नयाँ व्यवस्था गरिएको दूतावासले जनाएको छ।
दूतावासले सर्कुलर जारी गर्दै भिसासम्बन्धी सबै काम इन्डोनेसियको काठमामाडौंस्थित अवैतनिक वाणिज्यदूतको कार्यालयले सुझाव दिएको छ। ई–भिसा आवेदन प्रक्रियामा आएका त्रुटिहरूको मूल्यांकन गर्दै दूतावासले अब नेपालबाट इन्डोनेसिया प्रस्तान गर्दा ई–भिसाका लागि आवेदन नगर्नसमेत आग्रह गरेको छ।
नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले नेपालबाट इन्डोनेसिया जाँदा भिसा अन एराईभलका लागि पहल भइरहेको जनाए। उनले नेपालीलाई सहजताका लागि दूतावास तथा इन्डोनेसियाली सरकारले थप सहजीकरण गर्न नयाँ व्यवस्था लागू भएको जनाए।