अर्थतन्त्र सुधारमा सरकार-निजी क्षेत्रको एक मत

अर्थतन्त्र सुधारमा सरकार-निजी क्षेत्रको एक मत

काठमाडौं : अर्थतन्त्रको सुधारमा सरकार र निजी क्षेत्रको एक मत देखिएको छ। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७ औं वार्षिक साधारणसभाका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारी अधिकारी र निजी क्षेत्रले समस्या समाधानमा सामूहिक सहकार्यमा जोड दिए। 

कार्यक्रममा कार्यबाहक प्रधानमन्त्री पुर्णबहादुर खड्काले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवाञ्छित फाइदा उठाउन खोजिरहेको बताए।  

अहिलेको व्यवस्थाप्रती स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको भन्दै खड्काले  सरकार जिम्मेवारीका साथ प्रस्तुत हुने बताए। अर्थतन्त्र सुधारमा स्वयं प्रधानमन्त्रीले गम्भीर पहल लिएको भन्दै उनले चाँडै अर्थतन्त्र लयमा फर्किने दावि समेत गरे। 

सरकारले चालेका कदमका कारण ब्याजदर घट्दै गएको, पुँजीबजारले गति लिएको र घरजग्गा व्यवसाय लयमा फर्किएको उनको भनाइ छ। 

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ऋणीसँग कुनै बैंकले बढी ब्याज लिएको भए राष्ट्र बैंकलाई जानकारी गराउन अनुरोध गरे। बैंकले बढी ब्याज लिएको पाए राष्ट्र बैंकले फिर्ता गराउने उनको प्रतिवद्धता छ। 

गभर्नर अधिकारीले गत आर्थिक वर्षमा बढी लिएको ४ अर्ब ७६ करोड ब्याज फिर्ता गराएको स्मरण गराए। उनले बैंकहरूले बढी ब्याज लिए भनेर तथ्य भन्दा बाहिर गएर गुनासो नगर्न समेत सबैलाई आग्रह गरे। उनले बजेटमा भएका कुरालाई राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सहयोग गरिरहेको बताए। 

आर्थिक सिथिलताका कारण बैंकको खराब कर्जा बढ्ने भन्दै यस्तो बेला बैंकहरूले प्रोभिजन बढाउनु पर्ने भएकाले राष्ट्र बैंकले टाइट गरेको बताए। ‘खराब कर्जा नबढोस भनेर टाइट गरेको हो’ उनले भने ‘दक्षिण एसियाको तुलनामा नेपालमा खराब कर्जा कम छ।’

अहिले जसले काम नगरे पनि मौद्रिक नीतिले गर्न दिएन भनेर आरोप लगाउने गरिएको भन्दै उनले यसो गर्नुको अर्थ नभएको बताए। काम कोही पनि नगर्ने दोष मौद्रिक नीतिलाई दिएर मात्र उम्कन नहुने उनको भनाइ छ। 

कार्यक्रममा बैंकर्स संघका अध्यक्ष सुनिल केसीले अहिले कर्जाको ब्याजदर १ प्रतिशतले घटेको बताए। अहिल बैंकको आधारदर (बेसरेट) एकल अंकमा रहेको जानकारी गराए। उनले ब्याजदर अझै घट्दै जाने समेत जानकारी गराए। 

कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने सरकार, राष्ट्र बैंकले स्वीकार गर्नुपर्ने बताए। यसलाई स्वीकार गरेर समाधानमा जानुपर्ने उनको भनाइ छ। उनले राष्ट्र बैंकको सञ्चालक समितिको सदस्य पहुँचका आधारमा भन्दा विज्ञताको आधारमा हुनुपर्ने बताए। 

उनले अहिलेको अवस्थामा राष्ट्र बैंक माईक्रोम्यानेजमेन्ट तिर लागेको बताए। अझै पनि अर्थतन्त्र सुधारका लागि जे गर्छन पशुपतिनाथले पाउँछन् भनेर बस्न नहुने उनको भनाइ छ। 

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपालमा झन्झटिलो प्रक्रिया कारण लगानी भित्रन नसकेको बताए। नेपालमा माईक्रो र स्मल इन्टरप्राइजेजमा ध्यान दिनुपर्ने सुझाव उनको छ। 

साना उद्यमीको रक्षा गर्न सके त्यसले अर्थतन्त्रमै योगदान पुग्ने उनको भनाइ छ। कार्यक्रममा चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकले जमानी बस्नेलाई कालोसुचिमा राख्न गरेको व्यवस्था स्वागतयोग्य रहेको प्रतिक्रिया दिए। 

५ विद्यामा ६ जना पुरस्कृत, १ जनालाई फेलोसिप

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले ५ विधामा ६ जना पत्रकारलाई पुरस्कृत गरेको छ। एक जनालाई फेलोसिप प्रदान गरेको छ। सेजनले प्रत्येक वर्ष प्रदान गर्ने सेजन अवार्डबाट यसवर्ष कान्तिपुरकर्मी मातृका दाहाल र देवेन्द्र भट्टराईलाई पुरस्कृत गरेको छ। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा लेखिएको समाचारलाई १ लाख राशीको उक्त अवार्ड प्रदान गरिएको हो। यस्तै क्लिकमान्डुकर्मी राजेश बर्मालाई सेजन डिजिटल मिडिया अवार्डले पुरस्कृत गरेको छ। जसको राशी ५० हजार रहेको छ। 

त्यस्तै भोला चालिसे लिवरल जर्नालिजम् अवार्ड हिमाल खबरका रमेश कुमार न्यौपानेलाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी ५१ हजार रुपैयाँ रहेको छ। सेजन छापामाध्यम अवार्ड नयाँ पत्रिकाकी मुना कुँवरलाई प्रदान गरिएको छ। 

यो पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ। यस्तै सेजन ब्रोडकाष्ट अवार्ड उज्यालो रेडियोका अर्जुन पोखरेललाई प्रदान गरिएको छ। यो पुरस्कारको राशी ५० हजार रुपैयाँको हो।

त्यस्तै एक लाख राशीको स्व.सञ्जय न्यौपाने लेखनवृत्ति पुरस्कार कान्तिपुर दैनिकका यज्ञ बन्जाडेलाई प्रदान गरिएको छ। कार्यक्रममा सेजनले हरेक वर्ष प्रकाशन गर्ने ‘अर्थनीति सेजन म्यागेजिन २०८०’ सार्वजनिक गरेको छ। 

यससँगै स्वर्गीय सागर घिमेरेको स्मृतिमा आयोजित फुटसल प्रतियोगितामा विजेता र उपविजेतालाई पुरस्कार वितरण गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.