स्वीकृति बिनै सेयर बिक्री गर्न लागेको भन्दै एनसेललाई प्राधिकरणले काट्यो पत्र

स्वीकृति बिनै सेयर बिक्री गर्न लागेको भन्दै एनसेललाई प्राधिकरणले काट्यो पत्र
सुन्नुहोस्

काठमाडौं : स्वीकृति बिनै आजियाटा कम्पनीले एनसेलको सेयर ब्रिक्री गर्न लागेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले पत्र काटेको छ। कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको विज्ञप्ती प्रकाशित भएको भन्दै प्राधिकरणले ध्यानाकर्षण जनाएको छ। 

'दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (८) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा बिक्री गर्नुअघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तीको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४(क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकाले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ,' प्राधिकरणका उपनिर्देशकद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.