सिद्धार्थ क्यापिटललाई शिवम् होल्डिङ्सको आईपीओ निष्कासन जिम्मा

सिद्धार्थ क्यापिटललाई शिवम् होल्डिङ्सको आईपीओ निष्कासन जिम्मा
सुन्नुहोस्

काठमाडौं : शिवम् होल्डिङग्सले सर्वसाधारणको लागि प्रारम्भिक सेयर (आईपीओ) निष्कासन गर्दैछ। शिवम सिमेन्ट्सको करिब ८५ प्रतिशत सेयर लगानी रहेको यो कम्पनीले पनि आईपीओ निकाल्ने भएको हो। कम्पनीको जारी पुँजी ५ अर्ब ८० करोड रुपैयाँको २० प्रतिशत बराबर हुन आउने १ करोड १६ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि जारी गर्ने भएको छ। आईपीओ निष्कासनको गर्न  बिक्री प्रबन्धकको जिम्मा सिद्धार्थ क्यापिटललाई दिने निर्णय गरेको छ।

यस कम्पनीको जारी पुँजी  ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापकहरूतर्फ ८० प्रतिशत( ४ अर्ब ६४ करोड रुपैयाँ) र सर्वसाधारणतर्फ  १ अर्ब १६ करोड रुपैयाँ सेयर पुँजी छुट्याएको छ। कम्पनीकाअनुसार प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया सुरु गरेको गरिएको छ। कम्पनीका संस्थापकहरूमा शिवम् सिमेन्ट्सको संस्थागत सेयर लगानी करिब ८५ प्रतिशत सँगै थप १९ जना विभिन्न उद्योग, पेसा तथा  व्यवसायमा संलग्नहरूबाट व्यक्तिगत करिब १५ प्रतिशत सेयर लगानी रहेको जनाइएको छ। कम्पनीले आफ्नो सेयर रकम लगानी गरेको संस्थाबाट विगत २ वर्षदेखि मुनाफासमेत प्राप्त गरेको बताएको छ। 

यो कम्पनी वि.सं २०७१ मा प्रालि कम्पनीअन्तर्गत दर्ता भएको थियो भने वि.सं. २०७९ मा पब्लिक लिमिटेडमा परिणत भएको थियो। ‘सेयर जारी गरी सर्वसाधारणबाट संकलन हुने प्रिमियम मूल्यसहितको रकम अन्य उपयुक्त परियोजनाहरू, जस्तै: हाइड्रोपावर, बैंक वित्तीय संस्था, पर्यटन क्षेत्र र पूर्वाधारका परियोजना तथा अन्य उद्योगलगायतका क्षेत्रमा समेत सेयर लगानी विस्तार गर्ने योजना छ,’ कम्पनीले भन्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.