किरात गोल्डकप फुटबल : मोरङको गोल वर्षा

किरात गोल्डकप फुटबल : मोरङको गोल वर्षा
सुन्नुहोस्

फिदिम : पाहुना टोली भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङविरुद्ध गोल वर्षा गर्दै मोरङको डाँगीहाट फुटबल क्लब (डीएफसी) फिदिममा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित किरात गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ। सदरमुकामस्थित फिदिम माविको मैदानमा सोमबार भएको खेलमा दार्जिलिङलाई ६–३ गोलले पराजित गर्दै मोरङ सेमिफाइनल प्रवेश गरेको हो। 

मोरङको सानदारमा अभिषेक लिम्बू र सञ्जय धिमालले दुई/दुई गोल गरे। मोरङका उमेश राई र अरुण लिम्बूले एक÷एक गोल गरेका थिए। पहिलो हाफमा गोल गर्न नसकेको दार्जिलिङले दोस्रो हाफमा तीन गोल फर्काएको थियो। दार्जिलिङका रोहित थापा, आशिष राई र गणेश लिम्बूले एक÷एक गोल गरे। 

खेल सुरु भएको आठौं मिनेटमा मोरङका उमेश राईले सुरुवाती गोल गरेका थिए। ३९औं मिनेटमा सञ्जय धिमालले दोस्रो गोल गरे। ४३औं मिनेटमा अरुण लिम्बू, ४२औं मिनेटमा सञ्जय धिमाल, ४४ र ६१औं मिनेटमा अभिषक लिम्बूले गोल गरेका थिए। दार्जिलिङका रोहित थापाले ५०औं मिनेटमा पहिलो गोल गरे।

५३औं मिनेटमा आशिष राई र ७६औं मिनेटमा गणेश लिम्बूले एक/एक गोल गरे। सोमबार भएको खेलमा दुई गोल गरेका मोरङका अभिषेक लिम्बू म्यान अफ दी म्याच घोषित भए। उनलाई नेपाली कांग्रेस पाँचथरका सहसचिव गजेन्द्र राईले पाँच हजार नगद पुरस्कार प्रदान गरे। मंसिर २० गते हुने सेमिफाइनलमा मोरङले आयोजक पाँचथर फुटबल क्लबको सामना गर्नेछ।

मंसिर २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका गरी आठ टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा पहिलो हुने टोलीले चार लाख चार हजार चार सय ४४ रुपैयाँ पुरस्कार पाउने छन्।

यस्तै दोस्रो हुनेले दुई लाख दुई हजार दुई सय २२ रुपैयाँ प्राप्त गर्ने छन्। यसैगरी प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई पाँच हजार र प्लेयर अफ दी सिरिजलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष अनुराग केप्छाकी मगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.