नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

नेकपा एसको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने
सुन्नुहोस्

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक आज पुनः सुरु भएको छ । सोमबारदेखि सुरु भएको उक्त पार्टीको बैठक पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आज पुनः बसेको हो । 

हिजोको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो । सो पार्टीको महाधिवेशनको मिति नतोकिएकाले बैठक आज पुनः बोलाइएको हो । 

आजको बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने जानकारी पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले दिए । उनले पार्टीको महाधिवेशनको मिति, राष्ट्रियसभाको निर्वाचनसहितका समसामयिक राजनीतिक विषयमा आजको बैठकमा छलफल भइरहेको बताए । उनले भने, ‘आजको बैठकमा पार्टीको महाधिवेशनको मिति तय गरिने छ र राष्ट्रियसभाको निर्वाचनका साथै अन्य समसामयिक राजनीतिक विषयमा पनि छलफल हुँदैछ ।’ - रासस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.