सञ्चालनमा आयो ‘द लन्डन कलेज’

सञ्चालनमा आयो ‘द लन्डन कलेज’
सुन्नुहोस्

काठमाडौं : एक दशकभन्दा लामो शैक्षिक इतिहास बोकेको आइएसएमटी ग्रुप अफ कलेजले ‘द लण्डन कलेज’ तीनकुनेमा सञ्चालनमा ल्याएको छ।

युनिभर्सिटी अफ सन्डरल्यान्ड युकेको सम्बन्धनमा नेपालका विभिन्न मुख्य मुख्य शहरहरूमा विश्वस्तरीय कलेजहरू सञ्चालन गर्दै आएको यो समूहले युकेकै अर्को बहुचर्चित विश्वविद्यालय ‘युनिभर्सिटी अफ इस्ट लण्डन’ बाट सम्बन्धन लिएर ‘द लण्डन कलेज’ सञ्चालनमा ल्याएको छ। 

काठमाडौंको तीनकुनेमा अवस्थित द लण्डन कलेजले बीएससी अनर्स कम्पयुटर साइन्समा ‘जनवरी इन्टेक’को लागि भर्ना सुरु गरेको छ। बीएससी अनर्स कम्प्युटर साइन्समा अहिलेको नेपाली बजारको माग अनुसार अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्ने दाबी गरेको छ। 

‘द लन्डन कलेजको पठनशैली नवीनतम प्रविधिबाट सिर्जनात्मक किसिमले हुनेछ। बजारमा के कस्तो सीप भएको जनशक्तिको माग भइरहेको छ भन्ने अध्ययन गरेर यसको पाठ्यक्रम तयार गरिएको छ,’ कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.