विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग परराष्ट्रमन्त्रीको आग्रह

विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग परराष्ट्रमन्त्रीको आग्रह
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा अवस्था अज्ञात रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइका लागि पहल गरिदिन कतार सरकारसँग आग्रह गरेका छन्।

 
परराष्ट्र मन्त्रालयमा मंगलबार कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका हुन्। जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताए। जोशीसहितका अपहरणमा परेकाहरूको रिहाइका लागि प्रयास जारी रहेको उनले बताएको मन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

'इजरायल र हमासबीच पुनः युद्ध सुरु भएको छ। परिस्थिति जटिल छ। यद्यपि, अर्को युद्ध विरामका लागि पहल भइरहेको छ। हामीले बन्दीहरू छुटाउनका लागि पनि प्रयास गरिरहका छौं,' राजदूत अन्सारीको भनाइ उद्धृ गर्दै मन्त्रीको सचिवालयले भनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.