अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा स्वीकार्य छैन : प्रधानसेनापति शर्मा

अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा स्वीकार्य छैन : प्रधानसेनापति शर्मा
प्रधानसेनापति प्रभुराम शर्मा। तस्बिर : जंगीअड्डा
सुन्नुहोस्

काठमाडौं : प्रधानसेनापति प्रभुराम शर्माले अमर्यादित र अस्वस्थ प्रतिस्पर्धा स्वीकार्य नहुने बताएका छन्। नेपाली सेनाका केही उच्च अधिकारीहरूमाथि कागजात कीर्ते गरेको आरोप लागेपछि प्रधानसेनापति शर्माले अस्वस्थ प्रतिस्पर्धा नगर्न सैनिक अधिकारीहरूलाई सुझाव दिएका हुन्।

कमाण्डिङ अफिसर ओरिएन्टेशन कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति शर्माले व्यक्तिगतरूपमा गर्ने गल्तीको भागिदार पनि आफैं हुने प्रस्ट्याए। 'संस्थाले गरेको विधिसम्मत प्रक्रियाको जिम्मेवारी संस्थाले लिन्छ। तर, व्यक्तिगतरूपमा गर्ने गल्तीको भागीदार स्वयं व्यक्ति नै हुनुपर्छ,' उनले भने, 'स्वस्थ प्रतिस्पर्धा व्यक्तित्व विकासका लागि उपयुक्त भए पनि अमर्यादित र अस्वस्थ ढंगले अर्कालाई दोषी देखाएर आफू अगाडि बढ्न सकिन्छ भन्ने दुर्भावना राख्नुभएन।'

नेपाली सेनामा सरुवा, बढुवालगायत विषयमा गुनासो वा उजुरी गर्ने वैधानिक निकायहरू रहेको स्मरण गराउँदै प्रधानसेनापति शर्माले संस्था बाहिरबाट अमर्यादित क्रियाकलापको प्रयासमा संलग्न नहुन सैनिक अधिकारीहरूलाई निर्देशन दिए। 

 
प्रधानसेनापति शर्माले रथी बढुवामा पनि सम्भावित उम्मेद्वारहरूको उमेर, शैक्षिक योग्यताका विषयमा अतिरञ्जित तवरले प्रचारबाजी भएको बताए। उनले शैक्षिक प्रमाणपत्र, नागरिकताजस्ता कागजातहरू आवश्यकताअनुसार सम्बन्धित निकायबाट यकीन गरेरमात्र जङ्गी अड्डाले कारबाही अघि बढाउने गरेको प्रस्ट पारे। विगतमा जाँचबुझ गर्ने क्रममा आफ्नो जिम्मेवारीमा परेका केही पदाधिकारीको कागजात शंकास्पद देखिएपछि कारबाही गर्न सिफारिस गरेको उनको भनाइ छ।

प्रधानसेनापति शर्माले प्रधानमन्त्री र आफूबीचमा गोप्य सम्झौता भएको, निर्धारित योग्यता नपुगेको व्यक्तिलाई प्रधानसेनापति बनाउन भूमिका तयार गरेको, कुनै राजनीतिक दल विशेषलाई खुसी पार्ने गरी काम गरिदिएबापत राजदूतको नियुक्तिमा जान लागेको जस्ता दूस्प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाए। 

'असंख्य सिपाहीहरूको रगत पसिनाको जगमा उभिएको नेपाली सेनालाई संस्था भित्र वा बाहिर रहेर कमजोर बनाउने एवं आफ्नो निहित स्वार्थसिद्ध गर्ने दुराशयले प्रेरित भइ त्यस किसिमको कार्य गर्नेहरूको दूस्प्रयासले नेपाली सेना कमजोर हुने छैन,' उनले भने। भद्रकालीस्थित सैनिक मुख्यालयमा भएको कार्यक्रममा रथीवृन्द र अधिकृतहरुको उपस्थिति रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.