मुटुमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना : एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था स्थिर

मुटुमा समस्या भएपछि गृहमन्त्री श्रेष्ठ अस्पताल भर्ना : एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था स्थिर
सुन्नुहोस्

काठमाडौं : उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन्। श्रेष्ठको निजी सचिवालयका अनुसार मंगलबार राति छातीमा असहज महसुस भएपछि गृहमन्त्री श्रेष्ठलाई शहीद गङ्गालाल हृदयरोग केन्द्रमा लगिएको हो।  

गृहमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा सहभागी थिए। छातिमा असहज भएपछि उनी नियमित स्वास्थ परीक्षणको गर्न अस्पताल पुगेका हुन्। सचिवालयका अनुसार उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो। गृह मन्त्रालयमा सहसचिव/प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार  शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ। 

श्रेष्ठ चीनको भ्रमणमा रहेको बेलामा मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको थियो। ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठज्यू मित्रराष्ट्र गणतन्त्र चिनको भ्रमणमा रहेको बेला (मिति २०८० असोज ३० देखि कार्तिक १ सम्म) मा मुटुमा 'एक्युट मायोकार्डियल इन्फेक्सन' भएको र आकस्मिक कोरोनरी एन्जियोग्राफी गर्दा ओब्टस मार्जिनल शाखामा अवरोध देखिएको थियो। उहाँको उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमा मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको व्यहोरा जानकारीमा आएको थियो।’ गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यू नियमित स्वास्थ्य परीक्षणका क्रममा आज मिति २०८० मंसिर १९ गते शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना हुनुभई आंशिक अवरोध रहेको भागमा समेत डा. अरुण मास्के सहितको चिकित्सक टोलीले एन्जियोप्लास्टी सर्जरी गरी सघन उपचार कक्षमा उपचाररत रहनु भएको र हाल उहाँको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा अस्पतालले जनाएको छ।’

 null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.