सचिवलाई दिएको निर्देशनको परिणाम निराशाजनक

शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौं : प्रधानमन्त्री दाहाल

शासकीय प्रणाली सुधार गर्न आयोग गठन गर्छौं : प्रधानमन्त्री दाहाल
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
सुन्नुहोस्

ललितपुर : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शासकीय सुधार आयोग गठन गर्ने तयारी भइरहेको बताएका छन्। बुधबार ललितपुरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आयोजना गरेको नेपालको अर्थतन्त्र र शासकीय सुधारको विषयक अन्तक्रिया कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले शासकीय प्रणाली सुधार गर्नेबारे छलफल थालेको र शासकीय सुधार आयोग गठन गरेर आवश्यक समीक्षा गरिने बताएका हुन।

यसपटक सरकारको नेतृत्व गर्दै जाँदा प्रशासनको सुधारमा ध्यान केन्द्रीत रहेको र अहिलेसम्मका आउँदा विविध कारणले खासै प्रगति नदेखिएको उनको भनाइ छ।

प्रधानमन्त्री दाहालले पहिलोपटक सचिवहरूलाई दिएको निर्देशन परिणाम निराशाजनक रहेको बताए। उनले समस्या समाधानका उपायहरू खोज्नसपर्ने धारणा व्यक्त गरे।

प्रधानमन्त्री दाहालले अब प्रशासनमात्रै नभएर समग्र शासकीय सुधारमा नै सरकारको ध्यान रहेको धारणा राखे । प्रधानमन्त्री प्रचण्डले जनताले प्रत्यक्ष रुपमा सेवा प्राप्तको अनुभव गर्न नसके जनताको भरोषा टुट्दै जाने भएकाले तत्काल जनतामा सेवा प्रवाह गर्न जरुरी रहेको उल्लेख गरे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले छिटै नीति कार्यक्रमको तर्जुमा र नयाँ बजेटको तयारी गर्नुपर्ने भन्दै अर्थतन्त्रको सुधारहरुका उपायहरु अवलम्वन गर्दै अघि बढिने जिकिर गरे। उनले सरकारले विभिन्न क्षेत्रको सुधारका लागि धेरै प्रयास गरेको तर परिणाम जनता सन्तुष्ट हुने ठाउँसम्म पुग्न नसकेको बताए । 

अर्थतन्त्रको समस्या पनि पूर्णरुपमा समधान नभए पनि सुधारउन्मुख नै रहेको उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.