निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्न सरकार तयार : परराष्ट्रमन्त्री

निर्वाचनसम्बन्धी कानुन परिमार्जन गर्न सरकार तयार : परराष्ट्रमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताएका छन्।  निर्वाचन आयोग र  एसियन नेटवर्क फर फ्रि इलेक्सनको आयोजनामा बुधबारबाट काठमाडौंमा सुरु एसियन इलोक्ट्रोल स्टेकहोल्डर फोरमको उद्घाटन गर्दै मन्त्री साउदले निर्वाचनका अनुभव र सिकाइका आधारमा लोकतन्त्र सबल बनाउनका साथै निर्वाचन प्रणाली र प्रक्रियालाई सामयिक बनाउन आवश्यक रहेको बताए।

मन्त्री साउदले स्वच्छ,स्वतन्त्र र निष्पक्ष निर्वाचनका प्राप्त सुझावका आधारमा विद्यमान कानुनमा सुधार गर्न सरकार तयार रहेको बताए । उनले नेपालमा स्वायत्त निर्वाचन आयोग र यसले समयसापेक्ष आफूलाई परिवर्तन गर्दै विभिन्न निर्वाचनहरू सफलतापूर्वक सम्पन्न गरेको धारणा राखे।

त्यस्तै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनलाई प्रभावकारी बनाउनका लागि सबैको सुझाव आवश्यक रहेको बताए । निर्वाचनलाई सहभागितामूलक बनाइ लोकतन्त्रलाई परिणाममूलक तुल्याउन साझा प्रतिबद्धतामा उनले जोड दिए।

सम्मेलनमा एसियाका निर्वाचन व्यवस्थापनसम्बन्धी निकाय र सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता रहेको छ । सम्मेलन काठमाडौं घोषणापत्र जारी गर्दै बिहीबार सम्पन्न हुने आयोजकले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.