आइपीओ जारी गर्ने तयारीमा रहेको अन्नपूर्ण केबलकारको रेटिङ कस्तो ?

आइपीओ जारी गर्ने तयारीमा रहेको अन्नपूर्ण केबलकारको रेटिङ कस्तो ?
सुन्नुहोस्

काठमाडौं : अन्नपूर्ण केबलकारले केयर नेपालबाट ‘केयर एनपी सिंगल बी प्लस’ इस्युअर रेटिङ पाएको छ। आइपीओ जारी गर्ने तयारीमा रहेको कम्पनीलाई केयर नेपालले यस्तो रेटिङ दिएको हो।

‘केयर एनपी सिंगल बी प्लस’ इन्युअर रेटिङको अर्थ दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको बुझाउँछ। त्यसैगरी १ अर्ब ५ करोड ६२ लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि गराएको रेटिङमा कम्पनीले ‘केयर एनपी बी प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ भने २ करोड रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘केयर एनपी ए४’ रेटिङ पुनः पुष्टि गराएको छ।

स्थापनाको पहिलो वर्ष नै कम्पनीले ८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। यो केबलकार सञ्चालनमा आएको ९ महिना भएको छ। कालु गुरुङ अध्यक्ष रहेको कम्पनीले आइपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ।

अन्नपूर्ण केबलकारले सेदीबगरदेखि सराङकोट जोड्ने २.३ किमि लामो केबलकार प्रणाली सञ्चालन गर्दै आइरहेको छ। प्रणालीमा १७ गोन्डोला छन् जसको क्षमता प्रतिघण्टा ५ सय जनालाई सुविधा दिनेछ। केबलकारले साइक्लिङ, जिप लाइनिङ, बञ्जिजम्पिङ, स्विङ, रक क्लाइम्बिङ, क्यानोइङलगायत रोमाञ्चक खेलको मनोरञ्जन लिने सुविधा पनि उपलब्ध गराउँदै आएको छ। 

सुरक्षालाई पहिलो प्राथमिकताको विषय बनाएको कम्पनीले जापानको निप्पोन केबल कम्पनीले प्रदान गरेको सुरक्षा मापदण्ड विशेषरूपमा पालना गरेको छ। कम्पनीमा ८० भन्दा बढी दक्ष तथा अर्ध-दक्ष मानव संशाधन कार्यरत छन्।

क्षेत्रको आर्थिक उन्ततिका साथै पोखरालाई प्रिमियम पर्यटकीय गन्तव्य बनाउने उद्देश्य केबलकारको छ। कम्पनीले भनेको छ, ‘पोखराको आर्थिक सम्मुन्नतिको उद्देश्य बोकेको अन्नपूर्ण केबलकारले इमान्दारिता, अखण्डता, सुरक्षा, राम्रो आचरण, स्वच्छता, स्वास्थ्य मापदण्डलगायत मूलभूत मूल्य मान्यतामा अडिग रहँदै सबैप्रति उच्च आदर र सम्मानित व्यवहार प्रदर्शन गर्नु कम्पनीको प्रमुख प्राथमिकता हो।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.