लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामति ऐन प्रमाणीकरण

लुम्बिनी प्रदेशका प्रदेश प्रमुखद्वारा निजामति ऐन प्रमाणीकरण
सुन्नुहोस्

तुलसीपुर (दाङ) : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्रदेश निजामति ऐन प्रमाणीकरण गरेका छन्। प्रदेश निजामति सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।

उक्त विधेयक गत भदौ २२ गते प्रदेशसभाबाट पारित भएको थियो। विधेयक प्रमाणीकरण भएसँगै अब निजामती ऐन कार्यान्वयनमा आउनेछ।

सञ्चार नियमावली निर्माण अन्तिम चरणमा

लुम्बिनी प्रदेश गृह मन्त्रालयका कानुन उपसचिव खिमानन्द ज्ञवालीले प्रदेशको सञ्चार नियमावली निर्माण अन्तिम चरणमा पुगेको बताए। उनका अनुसार अबको एक महिनाभित्र त्यसले पूर्णता पाउनेछ।

पाल्पा विकास केन्द्रले आज भालुवाङमा आयोजना गरेको सूचनाको हक, सञ्चार विषयबस्तु र नीतिपात्रोसम्बन्धी संवाद कार्यक्रममा उपसचिव ज्ञवालीले सञ्चार नियमावली पारित भएमा सञ्चार रजिष्ट्रारको कार्यालय स्थापना हुने र प्रदेशबाटै सञ्चार माध्यम दर्ता तथा नियमन हुने बताए।

त्यस अवसरमा सहभागी मन्त्रालय तथा कार्यालयका सूचना अधिकारीहरुले पत्रकार र सूचना अधिकारीहरुबीच सम्बन्ध समधुर हुनुपर्ने बताए। पत्रकार तथा नागरिकले सूचना माग गर्दा सकारात्मक उद्देश्यले माग गर्नु पर्ने राप्ती गाउँपालिकाका सूचना अधिकारी विश्वास विकले धारणा राखे‍। दुःख दिने नियतले सूचना माग गर्दा कर्मचारीलाई पनि काम गर्न गाह्रो हुने गरेको उनको भनाइ थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.