गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी बिस्तारै सकिन्छ : शेखर कोइराला

गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी बिस्तारै सकिन्छ : शेखर कोइराला
सुन्नुहोस्

काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी बिस्तारै सकिने बताएका छन्।

शुक्रबार काठमाडौंमा रीता शाहीद्वारा लिखित चिनारी नामक गजल संग्रह बिमोचन गर्दै नेता काइरालाले डेमोक्रेटिक पार्टीसँग मात्र गठबन्धन हुने भन्दै कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई अघि बढाए विस्तारै सकिँदै जाने बताए। उनले कोइरालाले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भए पनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए।

उनले अहिलेको अवस्थामा देश परिवर्तन गर्ने हो भने कांग्रेस परिवर्तन गर्नुपर्ने बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले वादविवाद हुनु स्वभाविक भएको उनको भनाइ छ। कोइरालाले भ्रष्टाचार अन्त्य नगरेसम्म मुलुकमा सुशासन आउन नसक्ने र जनताको निराशालाई आशामा रुपान्तरण गर्न नसक्ने बताए। 

त्यस्तै कांग्रेस नेता रमेश लेखकले अहिलेको जनतामा देखिएको असन्तुष्टिप्रति कांग्रेस गम्भीर हुनुपर्ने बताए। उनले संविधान र व्यवस्थामाथिको असन्तुष्टिले गम्भीर अर्को दुर्भाग्य हुनसक्ने जिकिर गरे। नेता लेखकले कुनै पार्टीको बहुमत नआउने विद्यमान समस्याको समाधान गर्नुको विकल्प नरहेको पनि बताए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.