जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय

जर्मनी सरकारबाट प्रस्तावित पाँच अर्ब नौ करोड अनुदान स्वीकार गर्ने सरकारको निर्णय
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : सरकारले जर्मनी सरकारबाट प्रस्तावित ३५ मिलियन युरो (करिब पाँच अर्ब नौ करोड नेपाली रुपैयाँ ) अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सो सहायता स्वीकार गर्ने र  उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय गरेको हो।

बैठकले विश्व बैंकबाट प्राप्त हुने प्रस्तावित १०० मिलियन डलर (करिब १३ अर्ब नेपाली रुपैयाँ) ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने र वार्ता गर्न अख्तियारी दिने निर्णय गरेको छ।

यसैगरी बैठकले भारत सरकारको अनुदान सहायतामा सञ्चालन हुने हाइ इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट कार्यान्वयनका लागि अनुदान सहायता स्वीकार गरेको छ।

पोलिटेक्रिक इन्स्टिच्युट स्थापना र नेपाली कृषकलाई मल उपलब्ध गराउनका लागि साउदी अरेविया सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.