एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा अनुसन्धान समितिले काम थाल्यो

एनसेलको सेयर खरिद-बिक्री प्रकरणमा अनुसन्धान समितिले काम थाल्यो

काठमाडौं : एनसेलको सेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले काम सुरु गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले सेयर खरिद–बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानुनको परिचालनाको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरिएको र समितिले काम समेत सुरु गरिसकेको जानकारी गराएकी हुन्।

सरकारले एनसेलको सेयर खरिद-बिक्री प्रकरणबारे अनुसन्धान गर्न पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ।  समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले छन्। समितिलाई ३० दिनभित्र प्रतिवेदन पेस गर्न समयावधि तोकिएको छ।

त्यस्तै मन्त्रिपरिषद्को निर्णय सार्वनिक गर्दै प्रवक्ता शर्माले विश्व बैंकबाट प्राप्त हुने करिब १३ अर्ब नेपाली रुपैयाँ ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने निर्णय गरेको बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.