महानगरले गरेका प्रगतिशील कामहरूले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा दिएको छ : प्रधानमन्त्री

महानगरले गरेका प्रगतिशील कामहरूले संघीय सरकारलाई सकारात्मक उत्प्रेरणा दिएको छ : प्रधानमन्त्री
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं महानगरपालिकाले  गरेका पछिल्ला प्रगतिशील कामहरू आफूले गम्भीररुपमा नियालीरहेको बताएका छन्। शुक्रबार महानगरको २९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले महानगरले गरेका प्रगतिशील कामहरूले संघीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा दिएको बताए।

प्रधानमन्त्री दाहालले महानगरले सहरको सौन्दर्य,शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण,लागुऔषध,सूर्ति–चुरोटलगायतका वस्तुमा लगाएको नियमन स्वागतयोग्य  भएको बताए।

'पछिल्लोसमय काठमाडौं महानगरले गरेका प्रगतिशील कामहरू मैले गम्भीरतापूर्वक नियालिरहेको छु । शहरको सौन्दर्य, शिक्षाको व्यवस्थापन एवं विकास, सार्वजनिक शौचालयहरूको निर्माण र व्यवस्थापन, सांस्कृतिक सम्पदाहरू संरक्षण, लागू औषध, सूर्ति–चुरोट लगायतका वस्तुमा लगाएको नियमन, छात्रवृत्ति, रोजगारी सिर्जना लगायतका क्षेत्रमा महानगरले जे–जति पहल लिएको छ,'प्रधानमन्त्रीले भने,'देशले सङ्घीय सरकारलाई समेत सकारात्मक उत्प्रेरणा पैदा गरिरहेको छ । यसका निम्ति म महानगर प्रमुख,उपप्रमुख लगायत सिङ्गो महानगर परिवारलाई हार्दिक बधाइ ज्ञापन गर्दै आगामी दिनमा समेत अविचलित रूपमा अगाडि बढ्न अपील गर्दछु । '

राजधानी सहरलाई सफा,हरियालीयुक्त, साँस्कृतिक वैभवको जगेर्नाका माध्यमबाट स्पन्दनयुक्त र आधुनिक विशेषताहरूले भरिपूर्ण ऐतिहासिक सहरका रूपमा विकास गर्न महानगरको प्रयास प्रशंसनीय रहेको भन्दै प्रधानमन्त्री दाहालले नेपाल सरकारको तर्फबाट गर्नुपर्ने साथ,सहयोग र निर्णयका निम्ति आफू सधैं तयार रहेको बताए।

प्रधानमन्त्री दाहालले संविधानले परिलक्षित गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ तुल्याउन सङ्घीय कानुनहरूको निर्माण गरेको पहिलो प्राथमिकतामा रहेको उनको भनाइ  छ। सङ्घीय कानुनको निर्माण र व्यवस्थित कार्यान्वयनबाट मात्रै सङ्घीय प्रणालीलाई थप सुदृढ र जनताको हितमा सदुपयोग गर्न सकिने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री दाहालले संवैधानिक अभ्यासमा थप परिपक्वता ल्याउन काठमाडौं महानगरपालिकालगायतका सबै स्थानीय सरकारलाई बलियो बनाउन नेपाल सरकार दृढ रहेको समेत जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.