प्यूठानको मल्लरानी गाउँपालिका आइतबार शोक बिदा
बुटवल : प्यूठानको मल्लरानी गाउँपालिकाले वडा नम्बर ३ का वडा सदस्य दामोदर नेपालीको निधनमा एक दिन शोक बिदा दिने निर्णय गरेको छ।
जन्ती जाँदै गर्दा जन्तीकै स्कारपियोले किचेर निधन भएका नेपालीको शोकमा गाउँपालिकाले पुस १ गते राष्ट्रिय झण्डा आधा झुकाएर शोक बिदा दिने निर्णय गरेको हो।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले शोक वक्तव्य जारी गर्दै नेपालीको निधनले सिंगो गाउँपालिकालाई क्षति पुगेको उल्लेख गरेका छन्।
मंसिर २८ गते ऐरावती गाउँपालिका-२ स्थित बरौला पुरनठाँटीमा नेपालीको दुर्घटना परी उपचारका क्रममा जिल्ला अस्पतालमा निधन भएको थियो। उनी नेपाली राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा सदस्य थिए।