माओवादीले जनहितको सवालमा अपेक्षाकृत काम गर्न नसकेकै होः नेता पुन

माओवादीले जनहितको सवालमा अपेक्षाकृत काम गर्न नसकेकै होः नेता पुन
सुन्नुहोस्

हेटौंडा : नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले पार्टीभित्रको टुटफुट र गलत प्रवित्तिका केही मानिसहरु हावी भएकै कारण माओवादी केन्द्रले जनहितको सवालमा अपेक्षाकृत काम गर्न नसकेको बताएका छन्। 

हेटौंडामा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै पुनले २०६४ सालमा संविधान बनाउन नसकेर संसद विघटन गर्नु नै माओवादीको लागि घातक भएको बताए।  ‘माओवादी पटक पटक फुट्यो, त्यसले पार्टीलाई ठूलो असर पर्न गयो। अब हामी कमब्याकको चरणमा छौँ। त्यतिबेला संविधान बनाउन सकेनौँ, सेटब्याक भो , त्यसपछि टुटफुट भयो, एकपटक धक्का लागेपछि कमब्याक हुन समय लाग्ने रहेछ’, उनले भने। 

एमाले पनि २०५१ मा फुटेपछि पहिलो पार्टी बन्न १९ वर्ष लागेको भन्दै उनले माओवादी जति ओरालो लाग्नुपर्ने त्यति लागिसकेको र अब भने पुनः सुधारको बाटोमा रहेको उल्लेख गरे। उनले सरकारको काममा विस्तारै रफ्तार बढ्दै गएको र आम जनताका लागि यही सरकारले उल्लेख्य परिवर्तनको अनुभूति हुने गरि काम गरेर देखाउने समेत बताए। 

सरकारले सुशासनका सन्दर्भमा गरेको राम्रो कामलाई असफल बनाउन घेराबन्दी भइरहेको भन्दै उनले राम्रो कामलाई सबै दलले सहयोग गर्नुपर्ने संस्कारको विकास हुनु आवश्यक रहेको बताए। सरकारले सोचेजस्तो खर्च गर्न नसकेको स्वीकार गर्दै उनले राज्यले खर्च गर्ने प्रणालीको पुनः निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.