मेरो परिवारको नाम जोडेर अपमान गरियो, यो गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो : प्रधानमन्त्री दाहाल

मेरो परिवारको नाम जोडेर अपमान गरियो, यो गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो : प्रधानमन्त्री दाहाल
सुन्नुहोस्

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेल सेयर खरिद बिक्रीमा आफ्नो परिवारको नाम जोडेर व्यवस्थामाथि हमला गरेको आरोप लगाएका छन्। राज्य व्यवस्था समितिको बैठकमा मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले आफूलाई ह्युमिलेट (अपमानित) गर्न खोजिएको बताए। 

'मेरो परिवार घट्दै गएर तीन जना रहेका छौं। त्योमध्ये एक जना भरतपुर महानगरपालिकाको मेयर छे, हामी सबैलाई थाहा छ। उतै बढी इंगेज हुन्छे। एउटी छोरी छ, विचारा त्यो कस्तो छ त तपाइँहरूले थाहा पाउनुभएकै छ,' उनले भने, 'उनलाई जोडेर उचालेको छ। म के ठान्छु भने यो संवैधानिक व्यवस्था, गणतन्त्र र लोकतन्त्रविरुद्धको हमला हो।' उनले आफ्नो परिवारको संलग्ना नरहेको साँचो भएरै आफू बाँचिरहेको बताए। 'त्यो साँचो भएको भए म बाँच्नै नसक्ने हुन्थ्यो। झुठो हो भनेर थाहा भएपछि त म ढुक्क छु। ४८० भए नि हजार भए नि त्यो सावित हुनेवाला छैन,' उनले प्रस्ट्याए।  

उनले यस प्रकरणमा आफ्नो परिवारको संलग्ना नरहेकोमा आफू क्लियर भएको बताए। केही व्यक्तिले प्रचण्डलाई नपछारेसम्म व्यवस्था नउल्टिने भन्दै लागिपरेको उनको भनाइ छ। 'प्रचण्डलाई नराम्रोसँग ह्युमिलेट नगरेसम्म, डीप्रेस नबनाएसम्म यो उल्टिने भएन भन्ने छ उनीहरूलाई। प्रचण्डलाई हमला गरेर नपछारेसम्म यो व्यवस्था उल्टिँदैन भनेर मेरोविरुद्ध लागिपरेका छन्,' उनले भने।

उनले आफू यसअघि प्रधानमन्त्री हुँदा एनसेललाई कर तिराउन भूमिका निर्वाह गरेको प्रस्ट पारे। त्यसका लागि आफू लेखा समितिमा आएर जवाफ पनि दिएको स्मरण गराए। 

प्रधानमन्त्री दाहालले एनसेलका मालिकहरूलाई आफूलेमात्र होइन, शेरबहादुर देउवा र केपी ओलीसमेत चिनेको बताए। 'श्रीमती बिरामी भएर सिंगापुर जाँदा साथीहरू कहाँ बसेको छु। शेरबहादुरजी र केपी ओलीजी पनि गएर बस्नुभएको छ। तर देशको सिस्टम बाहिर गएपछि चिनजान भनेर त हुँदैन। त्यसैले लड्न तयार भएका हौं,' उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.