पाँच वटा संसदीय समितिको बैठक बस्दै, के-के छ एजेण्डा ?
न्यायाधीशको संसदीय सुनुवाइको निर्णय हुने
काठमाडौं : संसदीय समितिको ५ वटा बैठक आज एकैदिन बस्दैछ। संसदीय सुनुवाइ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक आज बिहान बस्न लागेको हो।
संसदीय सुनुवाइ समितिको बैठक बिहान ११ बजे बस्दै छ। बैठकमा प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुवाइ सम्बन्धि निर्णय हुने कार्यसूची छ।
न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको थियो। उनीहरुमाथि गत शुक्रबारदेखि सुरु भएको सुनुवाइ गत सोमबार सकिएको हो।
सुनुवाई समितिको बैठकले प्रस्तावित न्यायाधीशको अनुमोदन गरेमात्रै नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ।
कुन समितिको के छ, कार्यसूची ?
संसदीय सुनुवाइ समिति
१. प्रस्तावित न्यायाधीशहरूको संसदीय सुनुबाइ सम्बन्धी निर्णय ।
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति
१. उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २५ अनुसार गठित केन्द्रीय बजार अनुगमन समितिबाट उपभोक्ताको हक, हित संरक्षणका लागि वस्तु वा सेवाको आपूर्ति व्यवस्था, मूल्य, गुणस्तर, शुद्धताको अनुगमन वा सुपरीवेक्षणका सम्बन्धमा हालसम्म भएगरेका कामकारवाहीका सम्बन्धमा केन्द्रीय बजार अनुगमन समितिसँग छलफल ।
२. विविध
राज्य व्यवस्था तथा सुशासन समिति
१. फास्ट ट्र्याकको सम्बन्धमा
२. दार्चुलामा नेपाली सेनाले बनाई राखेको तुसर पानी-कोठेधार-तिंकर सडकका सम्बन्धमा ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति
१. सुरक्षण मुद्रण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल,
२. विविध
प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति
१. सरकारी आश्वासन कार्यान्वयन सम्बन्धमा माननीय शहरी विकास मन्त्रीसँग छलफल
२. विविध