राष्ट्रपतिद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त
![राष्ट्रपतिद्वारा सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना नियुक्त](https://annapurnapost.prixacdn.net/media/albums/Rastrapati_Ramchandra-paudel_GulocN7DbR_B77h3EuKs9.jpg)
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनालाई नियुक्त गरेका छन्। संसदको सुनुवाई समितिले उनीहरूको नाम अनुमोदन गरेपछि राष्ट्रपति पौडेलले बुधबार उनीहरूलाई नियुक्त गरेका हुन्।
संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सारङ्गा श्रेष्ठ, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बताए।
बुधबार बिहान बसेको संसदीय सुनुवाइ समितिले सिफारिस भएका ६ जना न्यायाधीशको नाम अनुमोदन गरेको थियो। पोखरेल र ढकाल कानुनी व्यवसायी हुन् भने अन्य चार जना उच्च अदालतका न्यायाधीश हुन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)