विराटनगरमा हुने ट्रेड ‘एक्स्पो’को तयारी पूरा

विराटनगरमा हुने ट्रेड ‘एक्स्पो’को तयारी पूरा
विराटनगरमा पत्रकार सम्मेलन गरेर ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’का बारेमा जानकारी दिँदै आयोजक। तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : विराटनगरमा आयोजना हुने ‘मोरङ व्यापार संघ ट्रेड एक्स्पो’को सबै तयारी पूरा भएको आयोजकले जनाएको छ। मोरङ व्यापार संघले विराटनगर महानगरपालिका-२ मा आयोजना गर्ने ‘एक्स्पो’को प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार उद्घाटन गर्दैछन्। संघले बिहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्स्पो’को सबै तयारी पूरा भएको जानकारी दिएको हो। 

आगामी पुस १६ गतेसम्म सञ्चालन हुने ‘एक्स्पो’मा ४ देशमा उत्पादन भएका २ सय ४० स्टलहरू रहने संघका अध्यक्ष नवीन रिजालले बताए। उनका अनुसार मेलामा नेपालसहित भारत, बंगलादेश र पाकिस्तानमा उत्पादित वस्तुहरूको स्टल राखिने छ। 

‘एक्स्पो’ले स्वदेशी उद्योग व्यवसायको प्रवर्द्धन, नेपाल व्यापार रणनीतिअन्तर्गत पहिचान गरिएका कोशी प्रदेशका अधिकांश वस्तुसहित अन्तर प्रादेशिक उत्पादन र सेवाहरूको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तार, स्वदेशी एवं विदेशी लगानीकर्ताबीच व्यावसायिक सम्बन्ध र सहकार्य स्थापना गर्ने विश्वास आयोजकको छ। 

‘एक्स्पो’मा नेपालका घरेलु, साना, मझौला तथा ठूला उद्योगका साथै कोशी प्रदेशको महत्व झल्कने कला-संस्कृति, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषिजन्य तथा औद्योगिक उत्पादनको प्रदर्शनी हुने जानकारी रिजालले दिए। 

उनका अनुसार सुनसरी-मोरङ आर्थिक करिडोरको प्रवर्द्धन, विकास, वृद्धि र अर्थतन्त्रलाई पुनः प्राप्ति गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो। मेला अवधिभरमा करिब १० करोडको कारोबार हुने र ४ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ। रिजालका अनुसार मेला आयोजना गर्दा ४ करोड खर्च हुने अनुमान छ। 

दर्शकहरूलाई मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम, सेल्फी जोन, किड्स जोन, ५५ फिट अग्लो आइफिल टावरको आकृति निर्माण गरिएको उनले बताए। ३० हजार वर्ग फिटको जर्मन प्रविधिको हेंगरमा निर्मित २ सय ४० वटै स्टलहरू ‘बुक’ भइसकेको जानकारी उनले दिए। 

उनका अनुसार ‘एक्स्पो’लाई आकर्षक बनाउन पशुपतिनाथ र स्वयंभु प्यागोडा आकृतिको २५ फिट अग्लो प्रवेशद्वार तयार पारिएको छ। मुलुकको विद्यमान आर्थिक शिथिलतालाई चलायमान बनाउने उद्देश्यले व्यापारिक मेलाको आयोजना गरिएको रिजालले बताए। उनका अनुसार मेलाले यस क्षेत्रको आर्थिक गतिविधिलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा चिनाउने छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.