सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी

सरकारी निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी
तस्बिर : प्रधानमन्त्री सचिवालय
सुन्नुहोस्

काठमाडौं : समाजवादी मोर्चाको बैठक जारी रहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक बसिरहेको प्रचण्डको सचिवालयले जनाएको छ।

बैठकमा मोर्चाका सरकारका १ वर्षको समीक्षा,  आगामी राष्ट्रिय सभा निर्वाचन, आगामी रणनीति र समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।null

पछिल्लो समय मोर्चामा आबद्ध दलहरूबीच देखिएको अविश्वास देखिएको छ।

 नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव' र सोही पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'लगायतविरुद्ध पक्राउ पूर्जी आदेश भएपछि नेपाल समाजवादी मोर्चाले गम्भीर आपत्ति जनाएको छ।  काठमाडौं जिल्ला अदालतले जारी गरेको उक्त आदेशले द्वन्द्व सिर्जना गर्ने भन्दै समाजवादी मोर्चाले आपत्ति जनाएको हो। मोर्चाका संयोजक माधव कुमार नेपालले विज्ञप्तिमा जारी गर्दै नेपाल कम्युनिस्ट पार्टीसँग सरकारले गरेको तीन बुँदे सम्झौता कार्यान्वयन गर्न माग गरेका थिए। 

यस अगाडि पनि मोर्चाको अध्यक्षता गर्दै आएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल बालुवाटारको सरकारी जग्गा ‘ललिता निवास’ प्रकरणमा तानिएपछि सरकारप्रति सशंकित बनेका थिए ।

सर्वोच्च अदालतले आफूसहित पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि अध्यक्ष नेपाल झस्किएका हुन् । तर सत्ता गठबन्धनले भने सर्वोच्चको फैसलाप्रति आपत्ति जनाएका थिए भने सरकारले उनीमाथि मुद्दा चलाएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.