सरकारलाई समाजवादी मोर्चाको सुझाव : अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिनुपर्छ

सरकारलाई समाजवादी मोर्चाको सुझाव : अध्यादेश ल्याएर भएपनि प्रदेशलाई अधिकार दिनुपर्छ

काठमाडौं : समाजवादी मोर्चाले सरकारले संघीयता र गणतन्त्र विरोधिलाई निस्तेज पार्दै गएको ठहर गरेको छ। बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले अधिकार बिहीन हुँदै गएकाले अध्यादेश ल्याएर पनि दिन आग्रह गरेको छ।

बैठकपश्चात जसपाका नेता राजेन्द्रप्रसाद श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नुपर्नेमा बैठकले जोड दिएको बताए।

उनले भने,‘हालसम्म सरकारले गरेको कामको समीक्षा भयो। प्रदेश  हालसम्म संघीयता र गणतन्त्रबाट जे जति उपलब्धि हासिल भएको छ, त्यसलाई संरक्षण गर्दै थप उपलब्धि प्राप्तिको लागि जानुपर्छ। संघीयता कार्यान्वयन गर्न सरकार लाग्नुपर्छ। अधिकार बिहीन प्रदेश भएकाले प्रदेश बोझ हो कि भन्ने सन्देश गयो। अब संविधान अनुसार प्रदेशलाई अधिकार दिन अध्यादेश ल्याएर भएपनि सरकार अगाडि बढ्नुपर्छ भनेर प्रधानमन्त्रीलाई सुझाव दियौं।’

 प्रदेश सरकारलाई पूर्ण अधिकार दिइनुपर्ने मोर्चाको ठहर छ। 

सरकारले भ्रष्टाचारको विरोधमा अभियान चलाएर इतिहासमै धेरै काम गरेको ठहर गर्दै मोर्चाले धन्यवाद दिएको उनले बताए। बैठकले सात प्रदेशमा भएका कार्यक्रम सफल भएको निष्कर्ष निकाल्दै जिल्लाहरुमा पनि मोर्चाको संगठनको विस्तार गर्नुपर्नेमा जोड दिए। उनले आज साँझ पुन: बैठक बस्ने उनले बताए। 

बैठकमा मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्। बैठक अदालतबाट पक्राउ पूर्जी जारी भएका विप्लवसहित दलका शीर्ष नेता सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.