संघीयता कार्यान्वयनकै चरणमा रहेकाले आत्तिनु पर्दैन : मुख्यमन्त्री जम्कट्टेल

संघीयता कार्यान्वयनकै चरणमा रहेकाले आत्तिनु पर्दैन : मुख्यमन्त्री जम्कट्टेल
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संघीयता कार्यान्वयनकै चरणमा रहेकाले संघीय अभ्यासमा आत्तिनुहाल्नुपर्ने स्थिति नरहेको बताएका छन् । बिहीबार हेटौंडामा तहगत अधिकारको कार्य विस्तृतीकरण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले नेपालमा सङ्घीयता कार्यान्वयनका लागि एकल र साझा अधिकारका विषयमा  तिनै तहका सरकार सकारात्मक रहेकाले आत्तिहाल्नुपर्ने स्थिति नरहेको बताएका हुन् ।   

संघीयता लागू भएका अन्य मुलुकमा अधिकार प्राप्तिका लागि विभिन्न चरणहरू पार गर्नु परेको बताउँदै हाम्रो देशको सन्दर्भमा सकारात्मक रहेको उनको भनाइ छ । अहिले देखिएको विकास,समृद्धि सामाजिक चेतना लामो समयपछिको राजनीतिक आन्दोलन र बलिदानबाट प्राप्त भएको भन्दै यो व्यवस्थाको विकल्प समेत नरहेको उनले बताए । 

'एकल र साझा अधिकार प्राप्त नभएर कामनै गर्न कठिन भएको भन्ने होइन । केही तहगत अधिकारहरु आउन सकेको छैन । छिट्टै नै संस्थागत रूपमा आउँछ,'उनले भने,'अधिकार प्रत्यायोजन गर्न नै प्रधानमन्त्रीले समिति गठन गरेर परिमार्जन गर्ने भन्ने निर्णय गरेका छन् । प्रक्रियागत रूपमा अधिकार प्राप्त हुन्छ । '

नकारात्मक भन्दा पनि सबै सकारात्मक भएर अघि बढ्नु पर्ने उनले बताए  । दुई दिनसम्म हुने कार्यक्रममा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुको सहभागीता रहने बताइएको छ भने  कार्यक्रममा सबै प्रदेशका मुख्यसचिव विज्ञ टोलीलगायतको सहभागिता रहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.