मुख्यमन्त्रीहरूले गरे हेटौंडास्थित मानव सेवा आश्रमको अवलोकन
हेटौंडा : ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूले एकसाथ हेटौंडामा रहेको मानवसेवा आश्रमको स्थलगत अवलोकन गरेका गरेका छन् । बिहीबारबाट हेटौंडामा सुरु भएको दुई दिने तहगत अधिकारको कार्य विस्तृतिकरण विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन हेटौंडा आइपुगेका ७ वटै प्रदेशका मुख्यमन्त्रीहरुले आज हेटौंडामा रहेको मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेका हुन् ।
स्थलगत अवलोकनका लागि आश्रम पुगेका मुख्यमन्त्रीहरुले आश्रमको खुलेर तारिफ गर्दै प्रदेश सरकारहरूले आश्रमलाई सहयोग गर्ने प्रतिबद्धता गरे।
आश्रममा हाल कूल २ सय २० जना रहेका छन । जसमध्ये १ सय जना पुरुष , ८० महिला र २५ बालबालिका रहेका छन् । आश्रमले सडकमा रहेका मानवलाई उद्दार गरी पालनपोषण गर्ने तथा परिवारसँग पुनर्मिलन काम गर्दै आएको छ ।