'फोनपे गर्ने हो' नयाँ वर्षे अभियान सुरु

'फोनपे गर्ने हो' नयाँ वर्षे अभियान सुरु
सुन्नुहोस्

ललितपुर : नेपालको डिजिटल भुक्तानी सञ्चालक फोनपेले, ‘फोनपे गर्ने हो’ नामक नयाँ अभियानको घोषणा गरेको छ। अभियान पुस १३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने छ। 

फोनपेसँग सहज भुक्तानी विधि अपनाउँदै नयाँ वर्ष २०२४ सुरु गरौँ भन्ने मुल सन्देशमा आधारित यस अभियानले व्यक्तिहरूलाई परम्परागत भुक्तानी विधिहरू त्याग्न र फोनपेको सुरक्षित र सुविधाजनक माध्यम अपनाउन प्रोत्साहन गरेको छ। 

फोनपे क्यू आर र फोनपे डिरेक्टले ग्राहकको दैनिक भुक्तानी या लेनदेनका आवश्यक्ताहरूलाई सरल र सुविधाजनक बनाउँदै धेरै मानिसहरू माझ थप उजागर गराउनु यस अभियानको उद्देश्य रहेको छ। 

अभियानमा सहभागिता जनाउन ग्राहकहरूले फोनपेको फोनपे क्यूआर अथवा फोनपे  डिरेक्ट सेवा, अभियान समय अवधिभर पाँच पटकसम्म प्रयोग गर्नुपर्ने सर्त लागु गरिएको छ। त्यसको साथसाथै, फोनपे क्यू आर वा फोनपे डिरेक्ट, दुवै सेवा ५ पटकसम्म प्रयोग गरेर पनि ग्राहकहरूले अभियानमा सहभागिता जनाउन सक्ने छन्। 

यस अभियानमा दुई भाग्यशाली विजेतालाई एमआई साओमी १२ स्मार्ट फोनको मेगा उपहारबाट पुरस्कृत गरिने छ। अभियानमार्फत फोनपेले फोनपे सेवाहरूद्वारा व्यक्तिहरूलाई डिजिटल भुक्तानी विधिहरू अपनाउन प्रेरित गर्न खोजेको छ जहाँ डिजिटल भुक्तानीहरू आजको दिनमा विकल्प मात्र नभई, दैनिक रुपमा कारोबारको आवश्यकता नै हुन पुगेको छ। 

अभियानको उद्देश्यका बारेमा  फोनपेका चिफ स्ट्राटेजी अफिसर सुवोद शर्माका 'फोनपे गर्ने हो अभियानले, ग्राहकहरूलाई आफ्नो दैनिक भुक्तानी वा लेनदेनमा फोनपे सेवाहरूलाई समावेश गर्न थप प्रोत्शाहित गरेको छ। 

सुरक्षित डिजिटल भुक्तानी सुविधा प्रदान गर्दै व्यक्ति र व्यवसायहरूलाई थप सहज र प्रभावकारी बैंकिङ अनुभव दिलाउन फोनपे सदैव प्रतिबद्ध छ‍।

फोनपे सधैँ आफ्ना ग्राहकहरूको कारोबारका सुरक्षालाई विशेष प्राथमिकतामा राखेको पाइन्छ र यही अनुरूप सुरक्षित कारोबारलाई सुनिश्चित गर्न भुक्तानीका समस्त सुविधाहरूमा इन्क्रिप्सन र प्रमाणीकरण प्रोटोकलहरू समावेश भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.