ब्राजिलमा बीवाईडी डल्फिन बन्यो २०२३ को सबैभन्दा धेरै पुरस्कृत हुने विद्युतीय कार
काठमाडौं : ब्राजिलमा सन् २०२३ मा विद्युतीय कारमध्ये बीवाईडी डल्फिन सबैभन्दा धेरै पुरस्कार पाएको छ। नोभेम्बरदेखि डिसेम्बरसम्म मात्रै बीवाईडी डल्फिनले विभिन्न १० पुरस्कार प्राप्त गरिसकेको छ।
बीवाईडी डल्फिनले अटो इस्पोर्ट म्यागजिन: २०२४ कार ओफ द यर, UOL कारोस अवार्ड हाइलाइट ओफ द यर इलेक्ट्रिक ह्याच, Mobilidade Estadão 2024 Award बेस्ट इलेक्ट्रिक कार जर्नल दो कारो च्वाइस, ट्रेन्ड कार २०२३ (टेरा/गाइड द कारो) इलेक्ट्रिक कार, पर्चेस अफ द इयर २०२४ (मोटर शो), L’auto Preferita (Carsughi Portal) बेस्ट इलेक्ट्रिक अप टु रू, कार अवार्ड्स ब्राजिल (कार म्यागजिन) बेस्ट इलेक्ट्रिक कार, टोप कार टिभी बेस्ट इलेक्ट्रिक अप टु रु पाएको हो।
ब्राजिलमा लन्च भएको ६ महिनामा नै बीवाईडी डल्फिनले १० महत्त्वपूर्ण उपलब्धि प्राप्त गरेको छ। बीवाईडी डल्फिन वर्षको सबैभन्दा प्रतीक्षित गाड़ी मात्र नभएर, परम्परागत रूपमा राष्ट्रिय बजारको इतिहास नै परिवर्तन गर्दै विशेषज्ञ पत्रकार तथा सर्वसाधारणको प्रिय बन्न सफल भएको छ।
बीवाईडीले २०२३ मा ब्राजिलमा मात्रै ५ हजारभन्दा बढी कारको बिक्रीको रेकर्ड बनाइसकेको छ। यो ऐतिहासिक रेकर्डले ब्राजिलवासीमा विद्युतीय साधन खरिदको वास्तविक सम्भावनालाई पनि देखाएको छ।
सम्पूर्ण विद्युतीय कारहरूको दाँजोमा बीवाईडी डल्फिन अग्रभागमा रहेको देखिन्छ। यसको अर्थ पुरातन बजारले प्रस्ताव गरे भन्दा अझै अनुकूल मूल्यमा डिजाइन, अत्याधुनिक प्रविधि, आरामदायी तथा उत्कृष्ट ड्राइभिङ अनुभव प्राप्त गर्न सम्भव छ भन्ने कुरा बीवाईडी डल्फिनले पुष्टि गरेको छ।
बीवाईडीका अध्यक्ष Tyler Li ले भने, 'बीवाईडी डल्फिन ब्राजिलको अटोमोटिभ बजारका लागि एक गेम-चेन्जर हो। इतिहासमा पहिलो पटक एउटा निर्माता ले यति धेरै नवीनता र अत्याधुनिक प्रविधिले युक्त गाडी प्रदान गरेको छ, जुन आँफैमा पूर्ण , र आरामदायक छ । यसको आकर्षक डिजाइन तथा प्रतिस्पर्धी मूल्यले पुरा उद्योगलाई नै आफ्नो प्राइस पोलेसी पुनरावलोकन गर्न बाध्य बनाएको छ। । विद्युतीय कारलाई धेरै भन्दा धेरै ब्राजिलका जनताको पहुँचमा पुर्याउनु नै हाम्रो लक्ष्य हो।'
बीवाईडी डल्फिन सेप्टेम्बरदेखि नै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ। यसको संख्या अझै बढ्ने क्रममा छ। यसले ब्राजिलका जनताको विद्युतीकरण प्रतिको वास्तविक चासो र सुन्दर संसारको विद्यमान परिकल्पनालाई पूर्ण पुष्टि गरेको छ।