भृकुटीमण्डपमा पुष २० गतेदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने

भृकुटीमण्डपमा पुष २० गतेदेखि नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी हुने
सुन्नुहोस्

काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा यही पुष २० देखि २२ गतेसम्म नेपाल उड फर्निचर तथा होम डेकोर अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ। मिडिया स्पेस सोलुसन्स र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टसको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो।

प्रदर्शनीमा फर्निचर,प्लाइवुड,ल्यामिनेट,हार्डवेयर,काष्ठसम्बन्धी मेसिनरी तथा औजार,फर्निसिङ,म्याट्रेस,कच्चा पदार्थ तथा उत्पादनहरुको राखिने आयोजक पक्षले जनाएको छ। प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याती प्राप्त ब्राण्डहरूका १०० भन्दा बढी स्टल रहनेछन् ।  प्रदर्शनीमा घर बनाउन चाहिने व्यक्ति,आर्कीटेक्चर,इन्जिनियर तथा इन्टेरियर  डिजाइनरहरुको सहभागिता रहनेछ ।

फनिर्चर,प्लाइउड तथा काठ औजारका कम्पनी,ल्यामिनेट,विभिन्न कम्पनिका डिलर,सब डिलर र विक्रेताहरूले काठ व्यवसायीसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराउने उद्देश्यले प्रदर्शनी गर्न लागिएको आयोजक पक्षले जनाएको छ। 

प्रदर्शनीले नेपालमा भइरहेका काष्ठ वस्तु उत्पादन सम्बन्धी कार्यहरुमा पनि सकारात्मक भूमिका निर्वाह गर्ने कम्पनीको दावी छ।

प्रदर्शनीलाई विश्वभरका ख्याति प्राप्त कम्पनी तथा ब्रान्डलाई नेपाली बजारमा पनि अत्याधुनिक वस्तु तथा टेक्नोलोजीलाई स्वदेशी उद्योगहरूमा भित्र्याउन एउटा पहलकदमीका रुपमा लिएको मिडिया स्पेसका डाइरेक्टर सौरभ राजोरियाले बताए। उनले भने,'प्रदर्शनीले नेपालको काठ तथा फनिर्चर क्षेत्रमा नयाँ प्रविधिका सामान भित्राउने तथा विदेशमा सफलतापूर्वक प्रयोग भएका यस क्षेत्रका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सजिलै उपलब्ध गराउन एउटा माध्यम बनाउनेछ ।'

प्रदर्शनीले नेपालमा हाल भइरहेको काठ र फनिर्चर क्षेत्रको विकास तथा आधुनिकीकरणमा टेवा पुर्‍याउने उनले विश्वास व्यक्त गरे। सो प्रदर्शनी विगत ८ वर्षदेखि हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.