१९ वटै सिटमा उम्मेदवारी दिने एमाले सचिवालय बैठकको निर्णय

१९ वटै सिटमा उम्मेदवारी दिने एमाले सचिवालय बैठकको निर्णय
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनमा रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ।

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले विभिन्न कलस्टरका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले बताए।

उनले त्यसका लागि सातवटै प्रदेशबाट कम्तिमा ३ जनाको नाम सिफारिस गर्न निर्देशन दिइएको बताए। विशेषतः आन्दोलनमा योगदान गरेका नेता-कार्यकर्तालाई प्राथमिकता राख्ने महासचिव पोखरेलको भनाइ छ।

'राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गर्ने विषयमा आजको बैठक बस्यो। बैठकले रिक्त रहेका १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि ७ वटै प्रदेशबाट विभिन्न कलस्टरका लागि तीन जनाको नाम सिफारिस गर्न अनुरोध गरेका छौं। आन्दोलनमा योगदान गरेकालाई प्राथमिकतामा राख्छौं,' महासचिव पोखरेलले भने।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी मनोनयन हुँदैछ। एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राष्ट्रियसभा निर्वाचनमा शून्य नबनाउन प्रस्ताव गरेको विषय सार्वजनिक भइसकेको छ। यद्यपि एमालेलाई कति सिट दिने विषयमा सत्ता गठबन्धनले टुंगो लगाउन सकेको छैन।

राष्ट्रियसभामा २० सिट रिक्त हुने भए पनि निर्वाचन आयोगले १९ सिटका लागि निर्वाचन प्रक्रिया अगाडि बढाएको छ। एक सिट भने राष्ट्रपतिले मनोनीत गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.