मोरङमा सेवानिवृत्त १४ जना कर्मचारीलाई सम्मान

मोरङमा सेवानिवृत्त १४ जना कर्मचारीलाई सम्मान
सुन्नुहोस्

विराटनगर : नेपाल निजामती कर्मचारी संगठन मोरङले सेवानिवृत्त (अवकाश प्राप्त) १४ जना कर्मचारीलाई शनिबार सम्मान गरेको छ। मोरङको कटहरीस्थित गोपाल फन पार्कमा आयोजित वनभोज कार्यक्रमको अवसरमा अवकाश प्राप्त कर्मचारीलाई सम्मान गरिएको हो।

लामो समयदेखि सरकारी सेवामा रहेर सेवनिवृत्त भएका कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्वारा आयोजित वनभोजमा सम्मान गरिएको संगठनका मोरङ अध्यक्ष ओमराज सुवेदीले जानकारी दिए। 

सुवेदीका अनुसार सेवनिवृत्त कर्मचारीहरु राजु अधिकारी, गणेशबहादुर कार्की, रुद्र फुयाँल, लेखहरि भट्टराई, उमा शर्मा तिवारी, डेगप्रसाद दाहाल, कपिल पौडेल, विनोद उपाध्याय, विनोद श्रेष्ठ, रवि खनाल, शम्भु भण्डारी, केदार अधिकारी, गेहराज पोखरेल र हेम खतिवडालाई सम्मान गरिएको हो। 

सेवानिवृत्त कर्मचारीलाई नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय महासचिव जीवन काफ्ले, संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेल, नेकपा (एमाले)का नेता विनोद ढकाललगायतले खादा लगाएर सम्मानपत्र प्रदान गरेका थिए।  

संगठनका केन्द्रीय महासचिव काफ्लेले नेपाल निजामती कर्मचारी संगठनको संरक्षणमा रहेका राष्ट्रसेवक सहकारीहरुले देशभरमा ३ अर्बभन्दा बढीको कारोबार गरिरहेको जानकारी दिए। ‘संगठन र सहकारी संचालनतर्फ मोरङले अग्रणी भूमिका निर्वाह गरेको छ,’ उनले भने, ‘नेपाल निजामती कर्मचारी संगठनले कर्मचारीको हकहितमा काम गरिरहेको छ।’ 

प्रतिनिधिसभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोख्रेलले मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजान जिम्मेवार नागरिकको भूमिका महत्वपूर्ण हुने बताए। उनले देशको आर्थिक अवस्था कमजोर रहेका बेला सुशासनको प्रत्याभूति दिलाउने मामिलामा कर्मचारीले भूमिका खेल्नुपर्नेमा जोड दिए। ‘जो जहाँ र जुन भूमिकामा भएपनि सबैले आआफ्नो ठाउँबाट जवाफदेहीपूर्ण तरिकाले काम गर्न सक्यौं भने मुलुकमा सुशासन कायम हुन्छ,’ पोखरेलले भने।  

कर्मचारी संगठनका मोरङ अध्यक्ष सुवेदीले सेवानिवृत्त कर्मचारीलाई प्रत्येक वर्ष सम्मान गर्ने गरिएको जानकारी दिए। आगामी दिनमा पनि सम्मान कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ। 
कर्मचारी संगठनको वनभोज कार्यक्रममा सम्मानसँगै खेलकुदलगायतका विभिन्न अतिरिक्त क्रियाकलाप पनि सञ्चालन गरिएको थियो। 

संगठनले प्रत्येक वर्ष कर्मचारी सम्मिलित वनभोज कार्यक्रमसहित विभिन्न गतिविधि गर्दै आएको नेपाल निजामती कर्मचारी संगठन मोरङका सचिव शालीग्राम कोइरालाले जानकारी दिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.